२६ जेठ २०८३, मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेटमा इशान पाण्डेको पहिलो अर्धशतक

जेठ ४, २०८३
काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेटमा इशान पाण्डेको पहिलो अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको सोमबार जारी स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यान इशान पाण्डेले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा इशानले ५३ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

२८ वर्षीय बायाँहाते ब्याट्सम्यान इशानले शनिबारमात्र अमेरिकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

आफ्नो पहिलो खेलमा उनी २० रनमा अविजित रहेका थिए । उनले आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमै अर्धशतक पूरा गरेका हुन् ।

इशानले चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् । तर, उनले टी–२० अन्तर्राष्ट्रियमा पनि अर्धशतक बनाउन सकेका थिएनन् ।

स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालले २७.२ ओभरमा दुई विकेट गुमाएर एक सय ५३ रन बनाएको छ ।

स्कटल्यान्डले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरेको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्