२६ जेठ २०८३, मंगलबार

२१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चार रनले चुके कप्तान रोहित

जेठ ८, २०८३
काठमाडौं
२१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चार रनले चुके कप्तान रोहित

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट केवल चार रनले चुकेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा रोहित ४६ रन बनाउँदै आउट भए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २३ वर्षीय रोहितले ५९ बलमा एक छक्का र दुई चौका हिर्काए । उनले जारी लिग–२ शृंखलामा यसअघि स्कटल्यान्डविरुद्ध अविजित ७४ रन बनाएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले हालसम्म १२ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई वटा शतक पनि बनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले हालसम्म २० वटा अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले आठ वटा अर्धशतक प्रहार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्