२६ जेठ २०८३, मंगलबार

तमिलनाडुका मुख्यमन्त्रीको ठूलो घोषणा- १४ लाख बढी किसानको ऋण मिनाहा !

जेठ १२, २०८३
काठमाडौं
तमिलनाडुका मुख्यमन्त्रीको ठूलो घोषणा- १४ लाख बढी किसानको ऋण मिनाहा !

भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट सीमान्त किसानहरूले लिएको ५० हजारसम्मको बाली ऋण माफ गर्ने घोषणा गरेका छन् ।

सोमबार मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठूला किसानहरूले पनि पाँच हजार राहत पाउने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तमिलनाडुको मुख्यमन्त्री कार्यालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा यो जानकारी साझा गरेको छ।

सचिवालयमा मुख्यमन्त्रीको अध्यक्षतामा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो।

कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन र वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए।

सरकारका अनुसार, विजयको निर्णयले लगभग १४ लाख २२ हजार किसानहरूलाई फाइदा पुर्‍याउनेछ र थप २ हजार ४४.४६ करोड खर्च हुनेछ ।

मुख्यमन्त्रीको घोषणापछि किसानहरू उत्साहित छन् । किसान नेताहरूले निर्णयको स्वागत गरिरहेका छन् । तमिलनाडु सरकारले यो योजना लागू गर्न चाँडै दिशानिर्देश जारी गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्