
रास्वपा सांसद जगदीश खरेलले विपक्षीलाई होच्याएर बोलेको भन्दै विपक्षी दलले संसद्मा होहल्ला गरेका छन् । विपक्षीको होहल्लापछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
विपक्षी दलको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल अगाडि बढाएका थिए ।
मंगलबारको बैठकमा रास्वपा सांसदले विपक्षी दललाई होच्याएर अभिव्यक्ति दिएपछि विपक्षी दल आक्रोशित बनेका हुन् । खरेलले विपक्षी दलको विरोधलाई तमासा भन्दै कटाक्ष गरे ।
विपक्षी दलको यस्तै स्वभावका कारण सरकारले अध्यादेश ल्याउनु पर्ने अभिव्यक्ति दिएपछि कांग्रेस–एमाले लगायत विपक्षी सांसदले आफ्नो सीटबाटै विरोध जनाएका थिए ।
कांग्रेस सांसद नरेन्द्र केरूङ रोष्टमतर्फ जाँदै गर्दा प्रमुख सचेतक वासना थापाले फर्काएर सीटमै पुर्याएकी थिइन् ।