
चालु आर्थिक वर्षमा अण्डाको उपलब्धता बढेको छ ।
गत आर्थिक वर्षको तुलनामा अण्डाको उपलब्धता बढेको आर्थिक सर्वेक्षणले देखाएको हो ।
सर्वेक्षण अनुसार प्रत्येक नेपालीका लागि ५६ वटा अण्डाको उपलब्धता रहेको छ ।
यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक लेयर्स कुखुरा पालनमा आएको कमीका कारण अण्डाको उत्पादन ०.९ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षमा प्रतिव्यक्ति अण्डाको उपलब्धता ५५.५ वटा पुगेको थियो ।