
निर्वाचन आयोगले दुई जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ ।
दल त्याग गरेपछि नेपाली मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमबहादुर बिष्टको पद रिक्त भएको आयोगले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा उनीहरू नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । दल परित्याग गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त भएको जनाएको छ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले दुवै वडाध्यक्ष अन्य दलमा प्रवेश गरेको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।