२६ जेठ २०८३, मंगलबार

उपत्यकाका माइतीघर, जमललगायतका क्षेत्रमा वर्षाका कारण सवारी आवागमन प्रभावित

जेठ १४, २०८३
काठमाडौं
उपत्यकाका माइतीघर, जमललगायतका क्षेत्रमा वर्षाका कारण सवारी आवागमन प्रभावित

काठमाडौँ उपत्यकामा अविरल वर्षापछि विभिन्न स्थानमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ । 
ट्राफिक प्रहरीका अनुसार बिहीबार राति माईतीघर, जमल, टुकुचा, जयनेपाल र हिटीपोखरी सडक खण्डमा पानी जमेकाले यातायात सञ्चालनमा समस्या भएको हो ।

ट्राफिक प्रहरीले सवारी चालकलाई सुरक्षित दूरी कायम गरी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ । साथै अनावश्यक हतार, ओभरटेक नगर्न तथा पानी जमेको क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रहरीले ट्राफिक नियमको पालना गर्दै ट्राफिक प्रहरीको निर्देशनअनुसार सहकार्य गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्