सरकारले पेट्रोल पम्पमा न्यूनतम पूर्वाधारसहित विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईभी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै यस्तो व्यवस्था गरिने जानकारी दिए ।
ईभीलाई प्राथमिकता दिँदै आएको सरकारले चार्जिङ सेन्टरको सहज उपलब्धताका लागि यस्तो कार्यक्रम ल्याएको हो ।