२६ जेठ २०८३, मंगलबार
संसद् बैठक

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

जेठ १७, २०८३
काठमाडौं
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ ।

 विपक्षी दलको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् । 

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अङ्ग बनेको घोषणा गरे । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गरेको संशोधन स्वीकृत गरेको थियो ।

यसअघि अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न थालेदेखि नै विपक्षीले अवरोध सुरु गरेका थिए । तर सभामुखले जबरजस्ती बैठकको कारबाही अघि बढाएपछि सदनमा घम्साघम्सी भएको थियो । 

विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्