२६ जेठ २०८३, मंगलबार

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

जेठ १९, २०८३
चितवन
गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।

घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि आज खोजी गर्दा राप्ती नदीकिनारमा मृत अवस्थामा भेटिएका उनले जानकारी दिए ।

उनका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्