२७ जेठ २०८३, बुधबार

पार्टी सदस्यता नवीकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : ओली

जेठ २०, २०८३
काठमाडौं
पार्टी सदस्यता नवीकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने बताएका छन् ।

आजबाट काठमाडौंमा शुरू भएको सदस्यता नवीकरण विस्तार उत्प्रेरणा कार्यशाला उद्‌घाटन कार्यक्रममा उनले  सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले नयाँ उत्साह थप्ने बताएका हुन् ।​

भेलामा सहभागीहरूलाई पार्टी भित्र भएका कतिपय अन्योलता र भ्रमहरू चिर्ने बताउँदै ओलीले नयाँ विश्वास, नयाँ जोश र नयाँ जाँगरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।

भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव, प्रदेशका पदाधिकारी तथा इन्चार्जहरू, पार्टीको संगठन विभाग र सबै जनसंगठनका अध्यक्षहरू सहभागी छन् ।

पार्टीको संगठन विभागले आयोजना गरेको कार्यशाला भोलिसम्म चल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्