
सगरमाथा क्षेत्रमा हराएका पर्वतारोहण गाइड दावा शेर्पा झण्डै एक सातापछि जीवितै फेला परेका छन्।
खुम्बु आइसफल क्षेत्रबाट घिर्सिँदै तल झरिरहेका बेला खोजी टोलीले उनलाई उद्धार गरेको हो ।
हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध शेर्पा यही जेठ १५ गते तेस्रो शिविर (क्याम्प–३) आसपासबाट सम्पर्कविहीन भएका थिए।
त्यसयता उनको खोजी भइरहेको थियो । उद्धारपछि शेर्पालाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदै छ।
उनको औंलाहरूमा हिउँले असर पारेको छ ।
शेर्पा पोल्यान्डका एक पर्वतारोहीलाई सगरमाथाको सफल आरोहण गराएपछि बेपत्ता भएका थिए ।