२६ जेठ २०८३, मंगलबार

रास्वपा बाँके सभापतिमा श्रेष्ठ

जेठ २४, २०८३
बुटवल
रास्वपा बाँके सभापतिमा श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके जिल्ला सभापति विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत पुर्‍याउन सकेका थिएनन् ।

बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो ।

शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपसभापति ईश्वरी लामिछाने, सचिव पदमा सुभमकुमार गुप्ता, सहसचिव पदमा फारुक गुज्जर निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्