
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (पश्चिम)को सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन संयोजक हेमन्त न्यौपानेले सभापतिमा पाण्डेयबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध भएको जानकारी दिए ।
पाण्डे यसअघि कार्यवाहक सभापति थिए ।
अन्य पदमा भने मनोनयन दर्ताको काम भइरहेकाले टुंगो लाग्न बाँकी रहेको न्यौपानेले बताए ।