२६ जेठ २०८३, मंगलबार

रास्वपा रूपन्देही सभापतिमा महेन्द्र उपाध्याय निर्वाचित

जेठ २५, २०८३
बुटवल
रास्वपा रूपन्देही सभापतिमा महेन्द्र उपाध्याय निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रूपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत आइतबार राति आएको मतपरिणाम अनुसार २९६ मत प्राप्त गरी  उनी सभापतिमा निर्वाचित भएका हुन् । 

उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा दुर्गाप्रसाद खनाल २३८ मत ल्याएका विजयी भए । खनालका प्रतिष्पर्धी रचना क्षेत्रीले १८९ मत मात्र प्राप्त गरिन् । सचिवमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भए । 

उनका प्रतिष्पर्धी मोहनविक्रम जिसीले २०३ मत मात्र ल्याए । यस्तैगरी सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी प्रेमनारायण तिवारी १४८ मत मात्र ल्याए । 

यस्तैगरी सदस्यहरूमा शर्मिला आचार्य, अनिता पन्थी, रामनाथ हरिजन, प्रेम विश्वकर्मा, पवित्राकुमारी निषाद र जमुना सापकोटा  निर्वाचित भएका छन् । 

यसैगरी क्षेत्रका संयोजकमा १ मा खडानन्द पौडेल   २ नम्बर  विष्णुप्रसाद पौडेल क्षेत्रमा नम्बर ३ मा छविलाल शर्मा, क्षेत्र नम्बर ४  मा  विश्वलाल शर्मा र  ५ मा  शेषकान्त गैरे निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्