
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने हो कि होइन भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका हुन् ।
'प्रधानमन्त्रीको जवाफ हामीले नियमित मागिरहेकै छौं, तर यो भन्दा अलिकति पर जान मन लाग्यो । आज सम्माननीयज्यूलाई म अपिल गर्न चाहन्छु- संसद्प्रति सरकार चाहिँ जवाफदेही हुने हो वा हुने होइन ? हुनुपर्ने हो या होइन ?,' उनले भने, 'जुन आर्थिक विधेयक आयो, यो संसद्को सम्पत्ति हो । त्यो संसद्को सम्पत्ति अर्थमन्त्रीज्यूले संसद्मा पेशै नगरी भकाभक चेन्ज गर्नुहुन्छ, कसको स्वार्थमा ?'