२६ जेठ २०८३, मंगलबार

मुस्ताङ घुमेर फर्कंदै गरेका पाँच जना पर्यटक गाडी दुर्घटनामा घाइते

जेठ २६, २०८३
म्याग्दी
मुस्ताङ घुमेर फर्कंदै गरेका पाँच जना पर्यटक गाडी दुर्घटनामा घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कंदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन् ।

जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो । गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा परी घाइते भएका पाँच जनालाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । 

घाइते भएका काठमाडौँ बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ ।

स्कोर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्