२७ जेठ २०८३, बुधबार
शहीदको सम्झनामा मौनधारण

कांग्रेसको आह्वानमा संसद्‌मा प्रतिपक्षी दलहरूको मौनधारण, सभामुखको आपत्ति

जेठ २६, २०८३
काठमाडौं
कांग्रेसको आह्वानमा संसद्‌मा प्रतिपक्षी दलहरूको मौनधारण, सभामुखको आपत्ति

नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा मौनधारण गरेका छन् । विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति उनीहरूले पाँच मिनेट मौनधारण गरेका हुन् । 

कांग्रेसको मौनधारणअघि सचेतक निश्कल राईले सम्बोधन गरेका थिए । उनले पाँच मिनेट मौन धारण गर्ने घोषणा गरे । लगत्तै कांग्रेससहित नेकपा एमाले र विपक्षी सांसदहरू उठेका थिए ।

'आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर शहिदहरू‚ प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका शहिदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका शहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू ५ मिनेट यहाँ उभिएर मौन धारण गर्ने छौं,' उनले भने । 

null

कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आफैँ समय तोकेर मौनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् । कांग्रेसको यो कामबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए । ‘हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो । आफैँले समय तोकेरे जुन किसिमको प्रयास गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ । आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहन्छु,’ सभामुख अर्यालले भने । 

null

salt training

कमेन्ट गर्नुहोस्