२७ जेठ २०८३, बुधबार

सामाजिक सञ्जालमार्फत यौन गतिविधि सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ

जेठ २६, २०८३
काठमाडौं
सामाजिक सञ्जालमार्फत यौन गतिविधि सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ

 जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इल्लिगल एस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई पक्राउ गरेको जनाएको छ।

परिसरका अनुसार फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल प्रयोग गरी युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने, भेटघाटको व्यवस्था मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधनमार्फत गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।

यस्तै पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्