२७ जेठ २०८३, बुधबार

विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृतलाई नदिन शिक्षा केन्द्रको निर्देशन

जेठ २६, २०८३
काठमाडौं
विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृतलाई नदिन शिक्षा केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरूको व्यक्तिगत विवरण अभिभावकको स्वीकृतिबिना कुनै पनि अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ।

केन्द्रका निर्देशक निलकण्ठ ढकालद्वारा जारी परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर तथा इमेलजस्ता व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध गराइएको र त्यसबाट विद्यार्थीहरू मानसिक दबाबमा परेको भन्दै विभिन्न उजुरी तथा गुनासा प्राप्त भएको उल्लेख गरिएको छ।

केन्द्रले यस विषयलाई गम्भीर रूपमा लिँदै विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता कायम गर्न, सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न तथा अनावश्यक प्रभावबाट संरक्षण गर्न विद्यालयहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

परिपत्रमा अभिभावकको स्वीकृतिबिना कुनै पनि विद्यार्थीको व्यक्तिगत विवरण बाह्य व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

केन्द्रले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई समेत आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्