×

NMB BANK
NIC ASIA

केन्द्र सरकारले बेइमानी गर्‍यो भने मधेशमा आन्दोलन हुन्छ : लालबाबु राउत [अन्तर्वार्ता]

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्रीका प्रबल दावेदारका रुपमा चर्चामा छन् । संविधानसभाका पूर्वसदस्य समेत रहेका राउतलाई चुनावको समयमा मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रचार गरिएको थियो । फोरम नेता राउतसंग लोकान्तरका लागि अजय अनुरागीले समसामयिक विषयमा कुराकानी गरेका थिए, प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

Sagarmatha Cement
Muktinath Bank

केन्द्रमा र अन्य ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्दैछ, प्रदेश नम्बर २ मा फोरम र राजपाको बहुमत देखिन्छ, कस्तो बन्छ प्रदेश सरकार ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा वाम गठबन्धन र यहाँ राजपा र फोरम गठबन्धनको सरकार बन्ने भएपछि सन्तुलन मिलाउन निकै नै चुनौतीपूर्ण हुनेछ । किनभने प्रदेशका लागि पनि साधन र स्रोतको वितरण आखिर केन्द्र सरकारले नै गर्नुपर्ने हुन्छ । २ नम्बर प्रदेशलाई जसरी हामीले मधेश प्रदेश भनेका छौं, हाम्रो प्रदेश आर्थिक रूपले पनि धेरै नै पछाडि परेको छ ।


Advertisment
Nabil box
Kumari

मानव विकास सूचकाङ्कमा पनि हामी शिक्षा, स्वास्थ्य, रोजगारी, विकास आदिको दृष्टिकोणले पनि हामी अन्य प्रदेशको तुलनामा निकै नै पछाडि छौँ । त्यो पिछडापनको सामना हामीले गर्नुपर्ने हुन्छ । र, त्यसका लागि हामी तयार छौँ । 

Vianet communication
Laxmi Bank

हामी आन्दोलनबाट स्थापित भएका शक्ति छौँ । यदि केन्द्र सरकारले हामीसंग बेइमानी गर्‍यो भने हामीसंग बाँकी भनेको सडक नै हुन्छ । प्रदेशका जनताको समर्थनबाट फेरि पनि हामी सडकबाटै हाम्रो लडाइँलाई जारी राख्नेछौँ । 
प्रदेशमा राजपा नेपाल र फोरमबीच सरकारमा सिटको बाँडफाँड कसरी गर्नुहुन्छ ?

प्रदेश सरकार निर्माणका लागि राजपा र फोरमका नेताहरु बीचमा संवाद जारी छ । यो प्रदेशमा फोरम ठूलो पार्टी भएकोले स्वाभाविक रूपमा सरकारको नेतृत्व फोरमले गर्नेछ । यसमा कुनै विवाद हुने कुरै भएन । र, रह्यो बाँकी सिट बाँडफाँड त त्यो पनि आपसी सहमतिका आधारमा हामी तय गर्छौं ।

तपाईँ यदि मुख्यमन्त्री बन्नुभयो भने प्रदेशका लागि के कस्ता काम गर्नुहुनेछ ?

अहिलेको परिस्थितिमा सबैभन्दा महत्वपूर्ण मुद्दा भनेको विकासका मुद्दा नै हुनेछ । विगतमा मधेशी समुदायहरू सधैँदेखि नै अवसर पाउनबाट बञ्चित हुँदै आएको छ । राज्य सत्तामा कसरी मधेशी समुदायको प्रतिनिधित्व  गराउन सकिन्छ, राज्य सत्तामा मधेशी समुदायको उपस्थिति र पहुँच कसरी बढ़ी भन्दा बढी गराउन सकिन्छ भन्ने कुरामा नै मेरो बढी जोड रहनेछ ।

तपाईँ भन्दा अन्य नेता मुख्यमन्त्री बन्न सक्ने कुरा पनि फोरममा भइरहेको बाहिर आइरहेको छ नि !

मुख्यमन्त्री को बन्ने हो भन्ने विषयमा पार्टीले अहिले तय गरेको छैन । रह्यो कुरा मुस्लिमको त हाम्रो पार्टीमा त्यस्तो धर्म र सम्प्रदायको आधारमा कुनै पनि भेदभाव छैन । अशोक राईजीको संघीय समाजवादी पार्टीसंग एकता हुनुभन्दा पहिले पनि म पार्टीमा उपाध्यक्ष थिएँ र पार्टी एकीकरण पछि पनि म उपाध्यक्ष छँदैछु । यदि धर्मको आधारमा विभेद हुने कुरा आउँथ्यो भने म उपाध्यक्ष नरहन पनि सक्थेँ । त्यसैले हाम्रो संसदीय दलको बैठक बसेर ती सबै कुराको चाँडै नै टुङ्गो लाग्नेछ ।

प्रदेश नम्बर २ मा के कस्ता सम्भावना, अवसर र चुनौतीहरू छन् ?

नेपालका सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ सबैभन्दा बढी पिछडिएको क्षेत्र हो । मधेश आन्दोलनका कारण जनताको धेरै नै अपेक्षाहरू बढेका छन् ।  सहीदहरूको जे जति इच्छा र आकांक्षाहरू थिए ती सबै पूरा गर्नुपर्ने हुन्छ । साधन श्रोतको एकदमै कमी छ । तर पनि ती सबै परिस्थितिका बावजुद् मधेशमा शहीदहरूले आफ्नो बलिदानी दिए ।

शहीदहरूको सपना पूरा गर्नु नै सबैभन्दा ठूलो चुनौती अहिले हाम्रो सामु रहेको छ ।  चुनैती संगसंगै फेरि हामीलाई अवसर पनि प्राप्त भएको छ ।  पहिलोपटक यो देशमा मधेशी समुदायले आफ्नै सरकार, आफ्नै शासन, आफ्नै प्रशासन बनाउने ठूलो अवसर प्राप्त गरेको छ । 

२ नम्बर प्रदेशको नामाकरण के हुनेछ ?

त्यो त प्रदेशसभाले तय गर्ने कुरा हो  । तर, मेरो निजी विचारमा मधेश प्रदेश नाम राख्नु नै उपयुक्त हुन्छ ।

आठवटा जिल्ला मात्रै मधेश हो र ?

मधेशलाई हामी त्यो ८ वटा जिल्लामा मात्रै सिमित राख्ने छैनौँ । अहिले पनि यो सीमाङ्कनलाई हामीले स्वीकार गरिसकेका छैनौं, पूर्वी मधेश र पश्चिमी थरुहट मधेश प्रदेश त हामीले भनि नै रहेका छौँ । तपाईँलाई थाहा नै होला संविधान सभामा मैले फरक प्रस्ताव नै दर्ता गराएको थिएँ । आज पनि हाम्रो पार्टी अहिलेको सीमाङ्कनमा सहमत छैन  । त्यो लड़ाईँ जारी नै रहनेछ । संविधान संशोधन गरी सीमाङ्कनको खाका सच्याउनुपर्छ भन्ने हाम्रो अडान त यथावत छ ।

प्रदेशको स्थायी राजधानी कुन ठाउँमा बनाउनुहुन्छ ?

संविधानमा नै के व्यवस्था छ भने प्रदेशसभाको दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोकिनेछ । प्रदेशसभामा त्यसको छलफल गरेर टुङ्गो लगाइनेछ । अहिले नै त्यस विषयमा बोल्नु उपर्युक्त हो जस्तो मलाई लाग्दैन । 

तपाईँ पर्सा जिल्लाको वीरगञ्जको जनप्रतिनिधि पनि हुनुहुन्छ, वीरगञ्जमा किन राजधानीको माग राखेर आन्दोलन हुँदैछ ?

मेरो प्रयास स्थायी राजधानी वीरगञ्ज बनाउनु हुनेछ । किनभने म वीरगञ्जबाट प्रतिनिधित्व गर्छु । त्यहाँको मान्छेले मलाई भोट दिएर जिताएको हो । त्यसैले पनि मैले आफ्नो ठाउँको जनताको चाहना पूरा गर्नु पर्ने मेरो दायित्व हुन्छ । जनताको चाहनाविपरीत म जाँदिन ।  तर, पनि स्थायी राजधानीको कुरा प्रदेश सभाको बैठकले नै निर्धारण गर्ने कुरा हो ।

वीरगञ्जको आन्दोलन स्वाभाविक पनि हो । महानगर छ, श्रोत र साधन पनि त्यहीँ छ, मधेश आन्दोलनमा पनि ठूलो योगदान वीरगञ्ज ले दिएकै छ । 

वीरगञ्जलाई त आर्थिक राजधानी बनाउने कुरा पनि छ नि !

आर्थिक राजधानी प्रदेशको मात्र होइन पूरै देशकै पनि आर्थिक राजधानी भनेको वीरगञ्ज नै हो । सबैभन्दा बढी राजश्व वीरगञ्जबाटै आउँछ । गेट वे अफ नेपाल हो । त्यसैले ती सबै कुरालाई म्यानेज गर्नुपर्ने हुन्छ । वीरगञ्जको दाबीलाई नजरअन्दाज गर्न मिल्दैन ।

वामपन्थीहरू मात्र नभएर अन्य राजनीतिक शक्तिहरू पनि हामीसंग छन् भनेर उहाँहरुले देखाउन खोजेको मात्र हो । फोरम पनि एउटा राजनीतिक शक्ति हो, त्यो पनि हामीसंग छ भनेर दुनियाँलाई देखाउन खोज्नुभयो, तर हामी उता त गएनौँ नि !


अहिले वीरगञ्जमा आन्दोलन कसले चलाइरहेको छ ?

म कुनै पार्टीको नाम लिन चाहन्नँ । तर, हारेका नेताहरूले बढी जोड़ दिइरहेका छन् । कांग्रेस, एमाले, माओवादीका नेताहरूले जनता लडाउन चाहेको देखिन्छ ।

प्रदेशको सरकारी कामकाजको भाषा के हुनेछ ?

सरकारी कामकाजको भाषा पनि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । मेरो विचारमा प्रदेशको बहुसंख्यक सबै मातृभाषाहरू सरकारी कामकाजको भाषा रहनेछन् ।

प्रदेश सरकारमा कांग्रेस, एमाले, माओवादीहरुलाई पनि साथ लिनुहुन्छ वा तपाईँहरूको गठबन्धनको मात्र सरकार बन्नेछ ?

त्यो आउने दिनमा कस्तो परिस्थिति हुन्छ, त्यसमा निर्भर रहन्छ । 

तपाईं पार्टीको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, त्यसैले बताइदिनुस् तपाईँको पार्टी केन्द्रीय सरकारमा जान्छ कि जाँदैन ?

सरकारमा जाने कि नजाने भन्ने कुराको पार्टीमा अहिले कुनैपनि निर्णय भएको छैन ।

तर, सरकारमा जाने कुरालाई लिएर एमाले अध्यक्ष केपी ओलीले उपेन्द्र यादवसंग कुरा गरेको भनेर माओवादी अध्यक्ष प्रचण्डले भन्नुभएको थियो नि ?

राजनीतिक दल हो भने कुराकानी हुनु स्वाभाविक हो । कांग्रेसले पनि कुरा गरेको छ । तर, सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा कुनै निर्णय भएको छैन ।

चुनावअघि वाम तालमेल भइरहँदा तपाईँको पार्टी पनि जाने कुरा चलेको थियो, त्यसैले फेरि पनि वाम सरकारमा जाने सम्भावना यथावत रहेको कुरा बाहिर आइरहेको छ नि ?

वामपन्थीहरू मात्र नभएर अन्य राजनीतिक शक्तिहरू पनि हामीसंग छन् भनेर उहाँहरुले देखाउन खोजेको मात्र हो । फोरम पनि एउटा राजनीतिक शक्ति हो, त्यो पनि हामीसंग छ भनेर दुनियाँलाई देखाउन खोज्नुभयो, तर हामी उता त गएनौँ नि !

केन्द्र सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा राजपा र फोरमको गठबन्धनले साझा निर्णय गर्ला ?

हाम्रो प्रयास त्यही रहनेछ ।

राजपा र फोरमबीच एकताको कुरा पनि उठेको थियो, एकता प्रक्रिया कुरा कहाँ पुग्यो ?

कुराकानी चलि नै रहेको छ । अहिले तत्काल गठबन्धनमा सँगै काम गर्दै जाँदा एकताको कुरा पनि सम्भव हुनसक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x