×

NMB BANK
NIC ASIA

'ओली राष्ट्रवाद’ : सुष्मालाई सोल्टीमा रात्रिभोज र भारतको ‘रेड कार्पेट’

माघ १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो पटक केपी ओली प्रधानमन्त्री बन्दै गर्दा छिमेकी मुलुक भारतको उपहार नाकाबन्दी थियो । भारतले जे सुकै सोचेर दिएको भए पनि ओलीलका लागि त्यो उपहार नै सावित भयो ।

Muktinath Bank

ओलीले उत्तरतिरको केरुङ नाकाबाट पेट्रोलियम पदार्थ बोकेका केही ट्याङ्कर काठमाडौं भित्र्याए, अनि ‘असली राष्ट्रवादी’ बन्न पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला एमाले अध्यक्ष ओलीको राष्ट्रवादीले निकै उचाइ चुम्यो । जसको प्रत्यक्ष लाभ एमालेलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुग्यो । त्यसको जस ओलीले नै लिए । ५ दशकभन्दा लामो राजनीतिक जीवन व्यतित् गरेका ओलीका लागि यो एउटा सुखद् पक्ष रह्यो ।


Advertisment
Nabil box
Kumari

ओलीको राष्ट्रवादी छविको प्रशंसा एमालेभित्र मात्र नभई बाहिर पनि भयो । ओलीको राष्ट्रवादी छविले उचाइ चुम्दै गर्दा नेपाली सेनाका सेवानिवृत्त एक जर्नेलले पंक्तिकारसँग भनेका थिए, ‘राजनीतिक विचारधाराका हिसाबले एमाले अध्यक्ष ओलीसंग मेरो कुनै निकटता छैन, तर ओलीको राष्ट्रवादी छविको  प्रसंशा नगरी बस्न सक्दिन । तपाईं लेखेर राख्नुहोस् ओलीको यो राष्ट्रवादी छविकै कारण एमालेले निकट भविष्यमा हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्रो नतिजा ल्याउने निश्चित छ ।

Vianet communication
Laxmi Bank

उनले गरेको अनुमान कालान्तरमा सही सावित भयो । चुनावी परिणाम आइसकेपछि तिनै जर्नेलले ओलीको राष्ट्रवादी छविलाई शंकाको दृष्टिले हेरेका थिए । उनको शंका पनि अहिले सही सावित हुँदै गरेको देखिन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर र्हेने हो भने एमाले अध्यक्ष ओली वाम गठबन्धनको नेतृत्व गर्दै भावी सरकारको नेतृत्वको तयारीमा जुटिरहेका छन् । सम्भवतः फागुन दोस्रो साताभित्र ओलीले दोस्रो पटक सत्तारोहण गर्नेछन् । जनमत अनुसार यो स्वभाविक पनि हो ।

तर ओली दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा विगतमा जस्तो नाकाबन्दीको सामना गर्नुपर्ने छैन । यो एमाले अध्यक्ष ओली र वाम गठबन्धनका लागि अत्यन्त सुखद् पक्ष हो । बरु यसपटक एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री बन्नुअगाडि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट शुभकामनासहित भ्रमणको निम्तो पाइसकेको अवस्था छ ।

त्यतिमात्र होइन ओलीको नेतृत्वमा निर्माण हुने वाम गठबन्धनको सरकारलाई वधाई दिनका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज दूतका रुपमा काठमाडौं आई एमाले अध्यक्ष ओलीलाई बधाई दिँदै दिल्ली भ्रमणका लागि रेड कार्पेट बिच्छ्याएको अवस्था छ ।

ओलीको पहिलोपटकको सत्तारोहणदेखि अहिलेसम्म नेपालका हिमनदीबाथ शुरु भएर भारतस्थित नदीमा थुप्रै पानी बगिसकेको छ । यस्तो अवस्थामा तत्कालीन ओली नेतृत्वको सरकार त्यसमा पनि एमाले पार्टीसंग छिमेकी मुलुक भारतको सम्बन्धमा सुधार आउनु कुनै नौलो विषय होइन । तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार गठन प्रकिया अगाडि बढ्दै गर्दा छिमेकी मुलुक भारतले विदेशीमन्त्री स्वराजलाई काठमाडौं पठाएको विषय भने निकै गम्भीर छ ।

त्यतिमात्र होइन एमालेले भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा सोल्टी होटलमा दिएको रात्रिभोजले एमाले र ओलीको राष्ट्रवादी छविको भित्री पाटो छर्लङ्ग भएको छ । जुन छविलाई ढाक्ने काम गरेका छन्, वाम गठबन्धनका नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले समेत । एमाले अध्यक्ष ओलीको यो राष्ट्रवादी छवि कतिञ्जेल ढाकिन्छ, त्यो त समयले नै बताउनेछ ।

विगतलाई एकपटक फर्केर हेर्ने हो भने एमाले पार्टी त्यसमा पनि अध्यक्ष ओलीको नजरमा छिमेकी मुलुक भारतले ठाडो हस्तक्षेप गरेको थियो ।

ओलीलाई लाग्थ्यो, भारतीय हस्तक्षेपविरुद्ध प्रतिकार एमालेबाहेक अन्य कुनै राजनीतिक दलले गरेन । तर, आज आफ्नो नेतृत्वको सरकार गठन हुँदै गर्दा एमाले अध्यक्ष ओलीले बालकोट निवासबाट स्वराज आफ्नै निम्तोमा काठमाडौं आएकी भनेर गर्व साथ भनिरहेका छन् । त्यतिमात्र होइन एमाले अध्यक्ष ओलीले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रिभोज आयोजना गरेको अवस्थासमेत छ ।

नेपाल भारतबीचको सम्बन्ध सदियौं पुरानो छ । जुन सम्बन्धको कुनै लेखाजोखा नै छैन । यति हुँदाहुँदै पनि नेपाल र भारतबीच जुन हिसाबले सम्बन्ध प्रगाढ हुनु पर्ने हो, त्यो भने हुन सकिरहेको छैन । त्यसको एउटै कारण हो भारतले नेपालप्रति गर्ने व्यवहार ।

जुन व्यवहारका कारण नेपाल र भारत छिमेकी मुलुक भएपनि उनीहरु बीचको सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन । खासगरी सन् १९५० को असमान सन्धी, सीमा विवाद, जलस्रोतमा भारतको गिद्धे दृष्टि, मधेसी दलहरुलाई उक्साउने प्रवृत्ति, असमान व्यापार सन्धीलगायतका थुप्रै कारणहरु छन् ।

यदि एमाले अध्यक्ष ओली साँच्चिनै राष्ट्रवादी नेता हुन् भने प्रधानमन्त्रीमा निर्वाचिन भएलगत्तै भारतसंग यी विषयमा ठाडो शीर गरेर बोल्ने साहस गर्नुपर्छ । उनको साहस कत्तिको देखिन्छ, त्यो समयले नै बताउला ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x