बैशाख १८, २०७५
काठमाडौं, १८ वैशाख – उत्तर कोरियाको सर्वोच्च नेता बन्नु लर्तरो कुरा हैन किनकि त्यसो बन्नका लागि खास वंशमा जन्मनुपर्छ । त्यसलाई बेकडू वंश भनिन्छ । आधिकारिक रूपमा किम जोङ–उन त्यही बेकडू वंशक...
फागुन १०, २०७४
काठमाडौं, १० फागुन — माल्दिभ्समा राजनीतिक अस्थिरताका बीच हिन्द महासागरमा चिनियाँ युद्धपोतले अभ्यास गरेको समाचार केही दिनअघि प्रकाशित भएको थियो ।
तर यो कथित अभ्यास मनोवैज्ञानिक अग्रता हासिल गर्ने कोशिश जस्तो देखिन्छ ।
चीनले यो अभ्यास दक्षिणी चीन सागरमा जनवरीमा शुरू गरेको थियो । यसको उद्देश्य अमेरिकालाई काउन्टर दिनु थियो । त्यतिखेर माल्दिभ्स संकट आएको थिएन । अभ्यास फिलिपिन्सनजिक भएको थियो ।
फिलिपिन्सको विपक्षी दलले यो अभ्यासको विरोध गर्दै यसको बहानामा चीनले भूभाग कब्जा गर्न चाहेको आरोप लगाएको थियो । चीनको जहाज अस्ट्रेलियाको पानीलाई छुँदै फर्कियो । फर्किंदा उसले पूर्वी हिन्द महासागरको एक सानो भागलाई छोयो । त्यो भाग माल्दिभ्सभन्दा धेरै टाढा छ ।
तर यसैका विषयमा चिनियाँ मिडियाले पहिलोचोटि हिन्द महासागरमा चीनको युद्धपोत पुगेको भन्दै खबर दियो । यसको उद्देश्य के हो भनी बुझ्नुपर्छ ।
माल्दिभ्सका विपक्षी नेताहरूले बारम्बार भारतलाई सेना पठाएर उनीहरूको देशको लोकतन्त्र बचाउन आह्वान गरेका छन् । चीनको विदेश मन्त्रालयले खुलेर यो मागको विरोध गरेको थियो ।
भारतले हस्तक्षेप नगरोस् भनी चिनियाँ मिडियाले भारतलाई काउन्टर दिनका लागि चीनले हिन्द महासागरमा जहाज पठाएको खबर छापे ।
तर यो वास्तविकता हैन । युद्धपोत माल्दिभ्सभन्दा धेरै टाढा थियो । तर यसको अर्थ चीन हिन्द महासागरमा कहिल्यै पनि आउँदैन भन्ने लाग्दैन ।
भारतको रक्षा मन्त्रालयका प्रवक्ताले दिएको बयानमा उल्लखे भएअनुसार, भारतलाई हिन्द महासागरमा के भइरहेको थाहा छ । अर्थात् भारत यसबाट धेरै विचलित छैन ।
तर पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले चीनको प्रगतिका बारेमा भारतले एक महाशक्तिसँग डील गरिरहेको भनी विचार गर्नुपर्ने बताएका थिए । चिनियाँहरू हिन्द महासागरमा आएका छैनन् भने पनि भोलिपर्सि त
आउँछन् । श्रीलंका, माल्दिभ्स र मरिससको नजिक उनीहरू आउँछन् । त्यहाँ अमेरिकाको सशक्त उपस्थिति रहेका कारण चीन नआएको हो ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले एक महीनाका लागि संकटकाल बढाइदिएका छन् । यसबाट दुईवटा कुरा प्रस्ट हुन्छन् : पहिलो, माल्दिभ्सका राष्ट्रपति चीनको समर्थनले सत्तामा बसिरहनेमा ढुक्क छन् । दोस्रो, माल्दिभ्सका विपक्षीहरू कमजोर नभएकाले राष्ट्रपतिले संकटकाल लम्ब्याएका हुन् । मानिसहरूमा उनीप्रति क्रोध छ र उनीहरू भारतले हस्तक्षेप गरोस् भन्ने चाहन्छन् ।
तर भारतले हस्तक्षेप गर्ने छैन किनकि त्यसो गर्दा चीनले वरपरका सबै देशमा दखल दिने मौका पाउँछ ।
माल्दिभ्सका राष्ट्रपतिमाथि भारतको कुनै प्रभाव छैन । माल्दिभ्स भ्रमण गरेका अमेरिकी पत्रकारहरूले बताएअनुसार, चीनका निर्माण कम्पनीहरूले माल्दिभ्सको राजनीति, प्रशासन तथा व्यापारिक क्षेत्रका मानिसहरूलाई भवन बनाएर दिएका छन् । ती सबै सुखसुविधाले भरिएका भवन हुन् ।
भारत चाहिँ यस्तो गर्दैन । ऊ अन्य देशसँग व्यापार बढाउँछ र अन्य सम्झौता गर्छ तर पूरै शहरै बनाएर दिन सक्दैन । यो भारतको विदेशनीति होइन अनि संसद्ले यति धेरै खर्च गर्ने अनुमति पनि दिँदैन ।
भारतको औद्योगिक जगतले पनि सहयोग गर्दैन जबकि चीनका कम्पनीहरूले खुलेर विदेश मन्त्रालयलाई सहायता गर्छन् ।
श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापक्षेलाई चुनावमा जीत दिलाउनका लागि चीनले त्यहाँ एक रंगशाला बनाइदिएको थियो । कुनै पनि देशको उच्च वर्गमा लालच उत्पन्न गराउने क्षमता चीनसँग छ ।
इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, श्रीलंका वा बंगलादेशमा भारतीय संस्कृतिदेखि लिएर फिल्मप्रति सम्मान छ । एसियाभरिमा भारतको इज्जत छ ।
तर भारतका राजनीतिकर्मीलाई शायद यसको जानकारी छैन । भारतले कहिले पनि सांस्कृतिक सम्बन्ध बलियो बनाउने कोशिश गरेन । नेपाल समेत भारतको हातबाट फुत्कियो ।
भारतमा मन्त्री र प्रशासकहरू सबै प्राविधिक रूपमा काम गर्छन् । सम्बन्ध बढाउने प्रयास नै गरिँदैन ।
भारतीय जनता पार्टीको सरकारले पहिलोचोटि प्रवासी भारतीयहरूसँग सम्बन्ध बनाउने प्रयास ग–यो तर उसको जोड पनि व्यावसायिक सम्बन्धमा रह्यो । सांस्कृतिक सम्बन्धको डोरी नै बेग्लै छ ।
बीबीसी हिन्दीमा प्रकाशित एसडी गुप्ताको विश्लेषणको भावानुवाद
काठमाडौं, १८ वैशाख – उत्तर कोरियाको सर्वोच्च नेता बन्नु लर्तरो कुरा हैन किनकि त्यसो बन्नका लागि खास वंशमा जन्मनुपर्छ । त्यसलाई बेकडू वंश भनिन्छ । आधिकारिक रूपमा किम जोङ–उन त्यही बेकडू वंशक...
काठमाडौं – चीनको हेनान प्रान्तमा एक किन्डरगार्टेन शिक्षिकालाई २३ जना बालबालिकाको खानामा नाइट्राइट हालेर विषालु बनाएको आरोपमा पक्राउ गरिएको मंगलवार प्रकाशित मिडिया रिपोर्टमा उल्लिखित छ । यो घटन...
काठमाडौं – चुनावी मौसम शुरू भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धमाधम जुलुस र सभामा सम्बोधन गर्न थालेका छन् । यसै क्रममा सोमवार वधर्नको स्वावलम्बी मैदानमा मोदीको सभा आयोजन गरियो । तर सभाम...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं — भारतको महाराष्ट्रमा रहेको चन्द्रपुर जिल्लामा रामदेगी वन छ । त्यसको एक रुखमुनि बसेर ध्यान गरिरहेका ३५ वर्षीय बौद्ध भिक्षुलाई मंगलवार चितुवाले मारिदिएको छ । एक अधिकारीले बुधवार यसको जा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...