जेठ ५, २०७९
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...
काठमाडौँ, १४ फागुन– तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् ।
बादल अर्थात् रामबहादुर थापा गणतान्त्रिक नेपालकाे पहिलाे (पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको) सरकारमा रक्षामन्त्री थिए। संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा अाइपुगेका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को सहकार्य र पार्टी एकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै अाएका छन् ।
जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ । पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताउने गरिएको छ ।
पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा आज मात्रै सो पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुभफाएका थिए ।
पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सी एजी गरेका छन् । विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ । माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए । विसं २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बनेका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित थिए ।
अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाए नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित भए । बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित छन् । पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य छन् । विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गरेका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताएका छन् ।
– रमेश लम्साल / रासस
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...
काठमाडौं उपत्यकाको एक स्थानीय तहमा राप्रपाको पहिलो जित भएको छ । राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा विजय हासिल गरेको छ । राप्रपाका रमेश नापितले ४७ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी ...
भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...
मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हज...
उम्मेदवार दर्ता गर्ने अन्तिम समयमा धोका दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारको टोलीले मेयर, उपमेयरसहित ४ वटाअध्यक्ष जितेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेसका चिरञ्जिवी हमालले ...
स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ । विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि म...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...