मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
न्यू हेभन, ७ चैत- सामुद्रिक खानाको माग अत्यन्तै बढ्दो छ र यो शताब्दीभर यसमा निरन्तर वृद्धि हुनेछ । मागलाई सम्बोधन गर्ने एक मात्र उपाय मत्स्यपालन हुनसक्छ । तर आगामी पुस्ताको माछापालन यसका पूर्वजको भन्दा धेरै हदसम्म पर्यायवरणीय हिसाबले जिम्मेवारपूर्ण हुनेछ र यसले थप धेरै ऊर्जाको पनि प्रयोग गर्नुपर्ने हुनेछ । यदि थप ऊर्जा सफा र सस्तो भएन भने नयाँ मत्स्यपालन प्रविधिले हाम्रो वातावरण तथा जलवायु संरक्षणको बृहत् लक्ष्य प्राप्त गर्न सक्ने छैन ।
सामुद्रिक खानाको मागमा वृद्धि हुनु एक हिसाबले राम्रो कुरा हो । सुंगुर र गाईको मासुभन्दा माछा खानु धेरै राम्रो हो किनकि माछाबाट उति नै प्रोटिन प्राप्त गर्न थोरैमात्र लगानीले पुग्छ । त्यसैले विश्वमा मासुको उपभोगमा निरन्तर वृद्धि रहेको अवस्थामा आवश्यक केही भाग सामुद्रिक स्रोतलाई बनाउनु वान्छनीय देखिन्छ ।
अर्कोतर्फ सामुद्रिक खानाका लागि पछिल्लो समय देखिएको बढ्दो मागले पर्यावरणीय जोखिम सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनका अनुसार उत्पादनको तुलनामा बढी दोहन भएकाले प्राकृतिक माछाको भण्डै एक तिहाई हिस्सा मासिइसकेको छ । सामुद्रिक तथा जङ्गली जनावर जुन दरमा मासिएका छन् त्यही दरमा प्राकृतिकरूपमा उत्पादन भई मासुको लागि बढ्दो माग धान्न कठीन छ । पछिल्लो समय देखिएको माछाको मागलाई धान्न ब्यवसायिकरूपमा मत्स्यपालन गर्नुको विकल्प छैन ।
त्यसकारण मत्स्यपालन मानव उपभोगका लागि व्यवसायिक उत्पादनको प्रमुख उपाय हो । तर ध्यान दिनुपर्ने कुरा के छ भने यसले पनि सामुद्रिक माछा मार्दाजस्तै वातावरणीय तथा पर्यावरणीय जोखिम सिर्जना गर्छ । व्यवसायिक मत्स्यपालन प्राय सामुद्रिक किनारा क्षेत्र वा नदी तथा तलाउको वरपरका क्षेत्रमा गरिन्छ । नदी वा सामुद्रिक तटमा गरिने मत्स्यपालनले जनावरका प्राकृतिक बासस्थानमा समस्या उत्पन्न हुनसक्छ, नाइट्रोजन उत्सर्जनमा भूमिका खेल्ने र प्राकृतिकरूपमा नदी तथा जलक्षेत्रमा पाइने माछाको पौष्टिक आहारको नास हुने समस्या निम्तिन्छ । दक्षिणपूर्वी एसियामा ‘मेनग्रोभ’ वनस्पतिको फडाँनी हुनुमा सामुद्रिक तथा नदी किनारमा गरिने व्यवसायिक माछापालन पनि एक कारक भएको मानिन्छ ।
तर संरक्षणको चुनौतिबारे सोच्दासोच्दै पनि मत्स्यपालनले भविष्यको मागलाई थेग्न एउटा तर निर्विकल्प उपाय बनेको छ । त्यसैले आजको उद्यमले तय गर्ने बाटोले वातावरणमा आगामी बर्षौँसम्मका लागि प्रभाव पार्नेछ ।
अहिले माछापालन रहेका स्थान भविष्यमा छिट्टै सफा हुनेछन् अर्थात् प्रयोगमा ल्याइने छैन । माछाका केही ठूला तथा भरपर्दा उत्पादकले पानीमा हुने प्रदूषण रोक्न नयाँ तरिका र प्रविधिको शुरुवात गरिसकेका छन् । नयाँ प्रविधिले माछाको आहारलाई भिडियो क्यामेराको सहयोगमा छुट्टाउने छ र सेलफिस तथा समुद्री झारजस्ता माछाका प्रमुख आहारलाई संरक्षण गर्नेछ । केहीले माछाकै अन्य प्रजातीलाई खानाको प्रमुख आहार बनाउने शिकारी माछालाई पनि वनस्पतिबाट पाइने प्रोटिन दिएर माछाको आहारमा परिवर्तन गरिरहेका छन् । यसबाट धेरै माछा उत्पादनमा सहयोग पुग्नेछ ।
दीर्घकालका लागि माछा विज्ञले सामान्यतया जमिनमा आधारित र समुद्रको सतहदेखि करिब पाँच किलोमिटर टाढा गरिने मत्स्यपालन विधि गरी दुई उपाय अवलम्बन गरेको देख्न सकिन्छ । यसले मासुका लागि माछामा बढ्दै गएको आत्मनिर्भरता तथा मत्स्यपालनमा देखिएका नकारात्मक प्रभावलाई भविष्यमा अन्त्य गर्नेछ ।
पहिलो ‘रिसर्कुलेटिङ’ मत्स्यपालन विधि माछालाई जमिनभित्र ट्याङ्की बनाएर मेसिनको सहायतामा पानी तान्ने र जमिनमुनि अक्सिजन, तापक्रम र प्रकाश दिएर गरिने माछापालन खेती हो । यस विधिले माछालाई वातावरण अनुसार बाँच्न सिकाउने हो । रिसर्कुलेटिङ विधिबाट जमिनको जुनकुनै भागमा पनि माछापालन गर्न सकिने हुँदा पछिल्लो समय परम्परागत खेतीमा उत्पादनका हिसाबले घाटा भएपछि बाँझो पल्टेको ग्रामिण क्षेत्रलाई सदुपयोग गर्न सकिन्छ । अझ राम्रो कुरा त यी विधिहरू माछापालनबाट बाहिरिएको पानीलाई पुनःप्रयोग गरी सामुद्रिक तटमा रहेको प्रदूषणलाई नियन्त्रण गर्न उपयोगी माध्यमका रूपमा अपनाउन पनि सकिन्छ । सामुद्रिक जीवको अधिकारका लागि काम गर्ने संघसंगठनहरूले रिसर्कुलेटिङ मत्स्यपालन विधिलाई उत्तम छनौट मान्ने गरेका छन् ।
अर्को विकल्प भनेको मत्स्यपालनलाई समुद्रदेखि केही टाढा खाल्डो खनी पोखरी बनाएर गरिने विधि हो । जसको पानी सिधै समुद्रमा आउन सक्दैन र सामुद्रिक वातावरण तथा जीवलाई प्रभावित पार्न सक्दैन । यसमा नत पम्पको आवश्यकता रहन्छ न अक्सिजन, तापक्रम र प्रकाश दिने झन्झट नै रहन्छ ।
अमेरिकामा मत्स्यपालनका लागि ‘रिसर्कुलेटिङ’ विधिबाट व्यवसायिक उत्पादन शुरु भैसकेको छ । उदाहरणका लागि माछापालन गर्ने एक नर्वेली फर्मले अमेरिकी सुदुर उत्तरपूर्वी राज्य मेयनमा हालै जमिनमा सालमन जातको माछापालनका लागि एक बृहत् योजना ल्याएको छ । पछिल्लो विधि नर्वे, क्यालिफोर्निया तथा हवाईमा व्यापक अभ्यासमा आएको विधि हो । तर दुवै विधि अझैपनि मानक भन्दा देखावटीरूपमा अभ्यासमा रहेका पाइन्छ ।
वास्तवमा जलचरको सुरक्षा सहज भने छैन । जमिनमा आधारित विधिअनुसार शुद्धिकरण, पानीको परिवर्तन तथा विसर्जनका लागि मेसिनको प्रयोग गर्नुपर्ने हुँदा अत्यधिक विद्युतको खपत हुन्छ वा यो विधि खर्चिलो हुन्छ । यो फ्रान्सजस्ता निम्न कार्बन उत्सर्जन हुने विद्युतीय ग्रीडका लागि समस्या त नहोला तर नोभिया स्कोटियाजस्ता धेरै कोइला खपत हुने स्थानका लागि सहज छैन ।
त्यसैगरी समुद्रबाट टाढा (अफसोर) गरिने माछापालनका लागि डिजेल पेट्रोलजस्ता इन्धन र मर्मत सम्हारमा प्रशस्त खर्च हुन्छ । यसका लागि सौर्यऊर्जा जस्तो उपयोगी तथा हिफायती सस्तो वैकल्पिक ऊर्जाको प्रयोगबाट सहज बन्नु जरूरी छ ।
व्यापक जलचर उद्योग विस्तारका लागि सस्तो तथा वातानुकुलित ऊर्जाको विकल्प सोच्न सकिँदैन । सफा र सस्तो ऊर्जाबिना वातावरण तथा जलवायु समस्या समाधानको लक्ष्यमा पुग्न सम्भव छैन । आणविक तथा नवीकरणीयसमेतका हाम्रा विद्यमान ऊर्जा प्रविधिले अझै ऊर्जाको मागलाई सम्बोधन गर्न सकेका छैनन् । अतः मत्स्यपालन तथा अन्य जलचरको उद्योगमा थप लगानी गरी नयाँ आविस्कारलाई प्रयोगमा ल्याई जमिन तथा समुद्रको पनि समस्याको दीर्घकालीन समाधान दिनु जरुरी छ ।
(लाइनस ब्लुकभिस्ट ब्रेकथ्रु इन्स्टिच्युट वातावरण संरक्षण, खाद्य तथा कृषि कार्यक्रमका निर्देशक हुन्।) प्रोजेक्ट सिन्डीकेट/अनुवादः दिलीप शर्मा/रासस
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...