×

NMB BANK
NIC ASIA

वीरगञ्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब

चैत १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पर्सा, १२ चैत- दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ । 

Muktinath Bank

आर्थिक वर्ष २०७४/७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने सात अर्ब ८० करोड ५३ लाख मुल्यको नेपाली उत्पादन निर्यात भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको तुलनामा ३२ गुणा अर्थात् दुई खर्ब ५१ अर्ब १९ करोड ३४ लाखभन्दा बढीको वस्तु आयात भएको थियो । 


Advertisment
Nabil box
Kumari

आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा वीरगन्ज नाकाबाट ४३ अर्बभन्दा बढी मुल्यको वस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा वीरगन्ज नाकाबाट दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाख मुल्यको वस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी अर्थात् ४३ अर्ब ५३ करोड दुई लाख मुल्य बढीको वस्तु आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उहाँले वीरगन्ज नाकाबाट चालु आवको आठ महिनामा ३२ गुणाले आयातमा वृद्धि भएको छ भने, निर्यातमा २३ प्रतिशतले कमी आएको बताए ।

गत आवको साउनदेखि फागुनसममा १० अर्ब १० करोड २९ लाखको विभिन्न वस्तु निर्यात भएको थियो । चालु आवको सोही अवधीमा २२.७४ प्रतिशत अर्थात् दुई अर्ब २९ करोड ७५ लाखको वस्तु कम निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए । 

नेपालमा उत्पादन भएका वस्तुको लागत खर्च बढी भएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले निर्यातमा कमी आएको पोखरेलको भनाइ छ ।

आयात बढ्दै जानु र निर्यात घट्दै जानुको मुख्य कारण सरकारको व्यापार नीति उद्योग मैत्री नहुनु रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ । उहाँले नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा करमा सरकारले कुनै सहुलियत नदिएको र भारतको तुलनामा नेपाली व्यापारीले महँगो व्याज दरमा ऋण लिनुपरेकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए ।

नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा सरकारले करमा छुट दिए तथा सस्तो दरमा बैंकबाट ऋण उपलब्ध गराए नेपाली उत्पादनको लागत खर्च कम हुनुको साथै हाल देखिएको व्यापार घाटालाई कम गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x