×

NMB BANK
NIC ASIA

२०७४ साल चैत्र १६ गते नेपाल पत्रकार महासंघले आफ्नो ६३औं स्थापना दिवस मनाएको छ । यो स्थापना दिवस मनाउनको लागि जुन उत्साह र जागर पत्रकारहरूमा हुनुपर्ने थियो, त्यस्तो देखिएन । ६ दशकभन्दा लामो आफ्नो गौरवमय इतिहासलाई संरक्षण र सम्बद्र्धन गर्नतर्फ महासंघको ध्यान त्यति गएको देखिएन, बरु इतिहासको व्याजबाट जीविका चलाउने मनोविज्ञानबाट निर्देशित भएको पाइयो । नितान्त औपचारिकतामा मात्र यो स्थापना दिवस भयो । पत्रकारमा मात्र होइन, आम जनतामा पनि यो स्थापना दिवसले कुनै आकर्षण पैदा गर्न सकेन । कुनै समय यो संस्थाले के बोल्छ, के गर्छ भन्ने जिज्ञासा आम जनतामा रहन्थ्यो । तर केही वर्षयता यो संस्थालाई आमजनताले मात्र होइन, पत्रकार र आम सञ्चार क्षेत्रले पनि बेवास्ता गर्न थालेको पाइन्छ ।

Muktinath Bank

नेपाल पत्रकार महासंघ किन यसरी दिन प्रतिदिन ओरालो लाग्दै गएको छ ? यसका कारणहरूको खोजबीन गरी यो संस्थालाई पुरानै स्थितिमा फर्काउन के गर्नु पर्ला ? भन्ने चिन्ता र चासो पत्रकारिता क्षेत्रका हस्तीहरूमा पनि रहेको पाइँदैन । त्यसैगरी सरकार, राजनीतिक दल र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूको पनि यो संस्थाप्रति खास सरोकार रहेको देखिँदैन । अहिले मुलुक लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने प्रकृयाबाट अघि बढिरहेको छ । यस्तो संस्थागत गर्ने प्रक्रियामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउने पत्रकारहरू नै हुन् । पत्रकारहरूको हकहितको संरक्षण गर्ने एकमात्र साझा संस्था नेपाल पत्रकार महासंघ कमजोर बन्यो भने पत्रकारहरूको अवस्था स्वतः कमजोर बन्न पुग्दछ । कमजोर पत्रकारिताको प्रत्यक्ष/अप्रत्यक्ष असर राजनीतिक क्षेत्रमा मात्र होइन, राष्ट्रिय जीवनका हरेक पक्षमा पनि पर्दछ । त्यसैले यस संस्थालाई बलियो र प्रभावकारी बनाउनु पत्रकारको मात्र होइन, सबैको सरोकारको विषय हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रजातन्त्र स्थापनाको लागि नेपाली पत्रकारिता क्षेत्रले उल्लेखनीय भूमिका निभाएको छ । प्रजातन्त्र स्थापनाको लागि भएको २००७ सालको क्रान्तिको पूर्वाधार निर्माण गर्न र क्रान्ति सफल गराउनमा पत्रकारिता क्षेत्रले निभाएको भूमिका स्मरणीय छ । नेपालमा लोकतान्त्रिक आन्दोलन र पत्रकारिताको जन्म र विकाससँगसँगै हुँदै आएको छ । नेपाल पत्रकार महार्संघको जन्म २०१२ सालमा भएको हो । यतिबेला प्रजातन्त्र स्थापना भएको करिब ४ वर्ष मात्र भएको थियो । यो संस्था बामे सर्दै गरेको अवस्था (२०१७ साल) मा राजनीतिक दुर्घटना भयो । यसबाट प्रजातन्त्रको साथै प्रेस स्वतन्त्रता पनि कुण्ठित भयो र यो संस्था पनि संकटग्रस्त हुन पुग्यो । 


Advertisment
Nabil box
Kumari

प्रेस स्वतन्त्रताको लागि अनिवार्य शर्त प्रजातान्त्रिक राजनीतिक व्यवस्था हो । प्रेस स्वतन्त्रता भए मात्र पत्रकारले आफ्नो धर्म (दायित्व) निर्वाह गर्न सक्दछन् । यसैले २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनःस्थापित नभै प्रेस स्वतन्त्रताका प्रत्याभूति नहुने हुँदा पत्रकारहरूको मिसन पनि राजनीति हुनु स्वाभाविक थियो । त्यसपछि नेपाल पत्रकार महासंघले पनि आफ्नो मिसन प्रजातन्त्रको पुनःस्थापना नै बनायो । प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा राजनीतिक पार्टीहरूले जति भूमिका निभाए, त्यो भन्दा कम भूमिका नेपाल पत्रकार महासंघको पनि थिएन । यस्तो भूमिका निभाउँदा नेपाली पत्रकारिता जगतमा राजनीतिक रंग देखिनु स्वाभाविक पनि थियो ।

Vianet communication
Laxmi Bank

पत्रकारहरूलाई संगठित गरी उनीहरूको हक, हितको संरक्षण र सम्वर्द्धन गर्न र प्रेस स्वतन्त्रताका लागि हरेक प्रजातान्त्रिक आन्दोलनमा यो संस्थाले निभाएको भूमिका महत्वपूर्ण थियो । प्रजातन्त्रको पु्नःस्थापनाको लागि २०४६/०४७ सालमा भएको जनआन्दोलनमा कलम र कपि बोकी नेपाल पत्रकार महासंघ सडकमा उत्रिएको थियो । प्रजातन्त्र पुनःस्थापनाको लागि यो संस्थाको यस्तो सहासिक कदमले निर्णायक भूमिका निभएको थियो ।

२०४७ सालमा प्रजातन्त्र पुनःस्थापना भए पछि नेपाली पत्रकार जगत्को भूमिका परिवर्तन भएको थियो । प्रजातन्त्रको संस्थागत विकासको लागि पत्रकारिता क्षेत्रबाट सहयोग पुर्‍याउनु आवश्यक भए पनि विगतमा जस्तो मिसन पत्रकारिताको आवश्यक र औचित्य थिएन । यो अवस्थामा मिसन पत्रकारिता (राजनीतिक पत्रकारिता) लाई व्यवसायिक पत्रकारितामा रूपान्तरण गर्नु बदलिँदो परिस्थितिको माग थियो । नेपाल पत्रकार महासंघको नेतृत्वले यो कुरालाई आत्मसात गर्न नसक्दा मिसन पत्रकारिता व्यवसायी पत्रकारितामा रूपान्तरण हुन सकेन । पत्रकारका नेताहरूले नै दलिय भूमिका निभाउँदा नेपाल पत्रकार महासंघको छवी व्यवसायिक कम र राजनीतिक बढी हुन पुग्यो ।

पत्रकारको हकहितको पक्षमा कम ध्यान दिने संस्थालाई भर्‍याङ बनाई निहित स्वार्थ पूरा गर्ने प्रवृत्तिले एकातर्फ नेपाल पत्रकार महासंघको प्रभावकारिता कमजोर बन्दै गयो भने अर्कातर्फ पत्रकार जगत्ले राजनीतिक क्षेत्रप्रति पहरेदारको भूमिका निभाउन सकेन । यसबाट पत्रकारिता र राजनीतिक क्षेत्र दुबै जिम्मेवार र उत्तरदायी बन्न नसकेको मात्र होइन, यी दुईक्षेत्र बीचको सीमारेखा पनि नदेखिने भयो । पत्रकारिता क्षेत्रमा दलीय प्रभाव अत्यधिक रूपमा बढ्दा नेपाल पत्रकार महासंघ राजनीतिक अखडामा रूपान्तरित भयो र पत्रकारितामा पार्टी पर्चाकारिता निर्णायक हुनपुग्यो ।

नेपाल पत्रकार महासंघको विकल्पमा पत्रकारहरूको नयाँ–नयाँ संस्थाहरू थपिँदै गएका छन् । दलीय, जातीय र क्षेत्रीय आधारमा खुलेका पत्रकारका संस्थाहरूमा अधिकांश पत्रकारहरू संगठित भएका छन् । पत्रकार महासंघका मात्र सदस्य पत्रकार पाउन गाह्रो भएको छ । सम्पूर्ण पत्रकारहरूको ध्यान र आकर्षण दलीय पत्रकार संघहरूमा छ । दलीय पत्रकार संघमा लाग्दा जुन लाभ हुन्छ, त्यस्तो लाभ पत्रकार महासंघ क्रियाशील हुँदा हुँदैन भन्ने धारणा बलियो बन्दै गएको छ । महासंघको सदस्यतासम्म लिने, सक्रिय दलीय पत्रकार संघमा हुने प्रवृत्ति दिन प्रतिदिन बढ्दो छ । अझ क्षेत्रीय र जातीय आाधारमा खुलेका पत्रकारका संस्थाहरू त महासंघको लागि सौतासरह सावित भएका छन् । च्याउसरह उम्रिएका यस्ता संस्थाले महासंघलाई आस्थाविहिन संस्थामा परिणत गरिदिएका छन् ।

पत्रकारहरूको संख्या दिनप्रतिदिन बढ्दो रूपमा छ । संख्याका दृष्टिमा पत्रकारिता क्षेत्रले निकै विकास र फड्को मारेझैं देखिए पनि गुणस्तर भने खस्किँदै गएको छ । खास पत्रकारिता गर्ने पत्रकारहरूको संख्या न्यून छ । पत्रकारको परिचय पत्र लिने तर अन्य व्यवसाय गर्नेको संख्या उल्लेखनीय छ । लामो समयसम्म पत्रकारिता गरेका इमान्दार, योग्य र सक्षम पत्रकारहरू यो पेशाबाट पलायन भई भिन्न पेशामा लाग्ने गरेको दुःखद् स्थिति छ । पुराना पत्रकारहरूले यो पेशा छाड्दै जाने, नयाँ सिकारुले आमसञ्चार माध्यम सञ्चालन गर्दा पत्रकारिताको गुणस्तर घट्दै गएको छ । पत्रकारिता विषय नै पढेकाहरूलाई आज सञ्चारमाध्यममा उचित स्थान नदिँदा यो विषयप्रति नै विकर्षण पैदा हुन थालेको छ । योग्य र सक्षम पत्रकारहरूलाई यो पेशामा टिकाउन विशेष पहल गर्न महासंघले सकिरहेको छैन ।

पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यताविपरीत आमसञ्चारमाध्यम सञ्चालन गर्ने लगानीकर्ताको प्रभुत्व बढ्दै गएको छ । निहित स्वार्थ पूरा गर्नका लागि लगानी गर्ने र यस्तो अनुचित स्वार्थ पूरा गर्न पत्रकारहरूलाई प्रयोग गर्ने प्रवृत्तिले पत्रकारिता क्षेत्र प्रदुषित हुँदै गएको छ । लगानीकर्तासँग अनुचित सम्झौता गरेर मात्र पत्रकारिता पेशामा टिक्न सकिने स्थितिले स्वाभिमानी पत्रकारहरूको भविष्य अन्धकारमय बन्दै गएको छ । लगानीकर्ताको स्वार्थअनुसार समाचाार सामाग्री सम्प्रेषण गर्नुपर्ने स्थितिले सत्यतथ्य समाचार पाउनु पर्ने जनताको अधिकार कुण्ठित हुँदै गएको छ । यस्तो जटिल समस्या देख्दादेख्दै पनि नेपाल पत्रकार महासंघ केही गर्न सक्ने स्थितिमा छैन ।

केही वर्षयता पत्रकारको हकहितको संरक्षण र सम्वर्द्धनको विषय गौण बन्दै गएको छ । पत्रकारिता पेशामा आफ्नो भविष्य सुनिश्चित नहुने भयले पत्रकारहरू आक्रान्त हुँदै गएका छन् । यो स्थितिबाट नेपाली पत्रकारिता क्षेत्र दिशाहीन र गतिहीन हुँदै गएको छ । पत्रकारिता क्षेत्रलाई दीगोरूपमा टिकाउन र प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघको भूमिका निर्णयक हुन्छ । ओरालो लाग्दै गएको पत्रकार महासंघ यस्ता भूमिका निभाउन सक्ने स्थितिमा छैन । दलीय, जातीय र क्षेत्रीय आधारमा संचालित पत्रकार संघ संस्थाको भूमिकालाई निरुत्साहित नगरी पत्रकार महासंघ प्रभावकारी हुन असम्भवप्रायः छ ।

दलीय पत्रकारिता स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अवरोधक हो । यो अवरोध नेपाल पत्रकार महासंघको नेतृत्वमा पेशागत पात्रकारलाई नपुर्‍याएसम्म हटाउन सकिँदैन । ६ दशकभन्दा लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ अहिले कठिनस्थितिबाट गुज्रिरहेको छ । तर यो संस्थाको आवश्यकता र औचित्यता झन बढेको छ । अहिले जुन स्थितिबाट यो संस्था गुज्रिरहेको छ, त्यसमा आमुल परिवर्तन गर्न सकिएन भने पत्रकार महासंघलाई जीवन्त संगठनको रूपमा निरन्तरता दिन निकै गाह्रो छ । यो स्थितिप्रति सबै सरोकारवालाको ध्यान जानु अनिवार्य भएको छ ।

(लेखक वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x