×

NMB BANK
NIC ASIA

काठमाडौं, २८ चैत-अबको साढे २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी संघीय संसदको नयाँ भवन निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । आफ्नै भवन नहुँदा संसद अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा भाडामा बस्दै आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले साढे २ वर्षभित्र संसदको भवन बनिसक्ने जानकारी दिए । ‘सिंहदरबारभित्रको पुतली बगैँचामा संसद भवन बनाउने तयारी छ, साढे २ वर्षभित्रमा काम सम्पन्न गर्नेगरी छिट्टै निर्माण शुरु हुन्छ,’ बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा महराले पत्रकारहरूसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि संसदको नयाँ भवन बनाउने गृहकार्य भए पनि पुतली बगैँचा छाड्न सेना तयार भएको थिएन । रक्षा मन्त्रालय, सुरक्षा परिषद्को कार्यालय रहेको भन्दै सेनाले सो जग्गा खाली गर्न इन्कार गर्दै आएको थियो । गृहमन्त्रालयपछाडि रामशाह पथसँग जोडिएको जग्गा दिन तयार भएपछि पुतली बगैँचा छाड्न सेना राजी भएको हो ।


Advertisment
Nabil box
Kumari

सिंहदरबारको उत्तर-पश्चिम कुनामा रहेको अनामनगरपट्टिको पुतली बगैँचामा अहिले सेनाको ब्याण्ड र विभिन्न डफ्फा बस्दै आएका छन् । ‘गृहमन्त्रालय पछाडिको जग्गा दिनेगरी पुतली बगैँचा छाड्न सेना राजी भएको छ,’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो । संसद भवन बनेपछि सांसदहरू त्यहाँ प्रवेश गर्न  छुट्टै प्रवेशद्वार पनि बनाइने छ ।

Vianet communication
Laxmi Bank

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा अहिले वन विभाग रहेको बबरमहलस्थित भवनको समेत अध्ययन भएको थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका फरक–फरक स्थानमा हुनुपर्ने भन्दै संसदको भवनलाई सिंहदरबारबाट बाहिर सार्ने प्रस्ताव भएको थियो ।

पुतली बगैँचामा संसदको भवन बनाउने बिषयमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग सभामुख महराले कुरा गरिसकेका छन् ।

२०६४ सालसम्म संसदको बैठक सिंहदरबारमा बस्दै आएको थियो । संविधानसभा सदस्यको संख्या बढेपछि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसदको बैठक बस्दै आएको छ ।

राष्ट्रिय पञ्चायतसमेत बसेको सिंहदरबार स्थित ग्यालरी बैठक भूकम्पले क्षति पुर्‍याएपछि संसद बैठक बानेश्वरमै बस्दै आएको छ । भवन प्रयोग गरेबापत सचिवालयले वार्षिक १० करोड ५८ लाख बुझाउँदै आएको छ ।

राष्ट्रिय सभाका लागि थप भवन लिएका कारण सम्मेलन केन्द्रले भाडा बढाउन प्रस्ताव गरेको सचिवालका प्रवक्ता डा. भरत गौतमले लोकान्तरलाई जानकारी दिए ।

०५५ सालमा तत्कालीन सरकारले पनि संसद भवनका लागि पुतली बगैँचाको जग्गा छुट्ट्याएको थियो । पुतली बगैँचाको १ सय ५१ रोपनी जग्गा संसद् सचिवालयको नाममा छुट्ट्याए पनि लालपुर्जा भने अहिलेसम्म सचिवालयले पाएको छैन ।

यसअघि सरकारले आर्थिक २०६४/०६५ मा सरकारले डिजाइन तयार भएपछि ४ वर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x