×

NMB BANK
NIC ASIA

कैलालीमा ६१ प्रतिशत बजेट खर्च, स्थानीय तहको कार्यसम्पादन कमजोर

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ३ वैशाख– मुलुक नयाँ शासन व्यवस्थामा प्रवेश गरेपनि विकासे बजेट  खर्चको प्रवृत्ति भने पुरानै रहेको पाइएको छ ।

Muktinath Bank

चालु आर्थिक वर्ष २०७४/०७५ सकिन अब ३ महिना मात्रै बाँकी छ । तर कैलालीमा हालसम्म ६१ प्रतिशत बजेट  मात्रै खर्च भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार कैलालीको जम्मा बजेट  १९ अर्ब ४६ करोड ८ लाख हो । जसमध्ये चैतमसान्तसम्ममा १२ अर्ब ४ करोड ७६  लाख अर्थात ६१ प्रतिशत बजेट  खर्च हो ।


Advertisment
Nabil box
Kumari

पुँजीगततर्फ ८ अर्ब २ करोड ९० लाख बजेटमध्ये ३ अर्ब ३ करोड ७० लाख बजेट  अर्थात ३७.८२ प्रतिशत बजेट  खर्च भएको छ । भने चालुतर्फ ११ अर्ब ४३ करोड १८ लाख बजेटमध्ये ९ अर्ब १ करोड ५ लाख अर्थात ७८ प्रतिशत बजेट  खर्च भएको सो कार्यालयले जनायो ।

Vianet communication
Laxmi Bank

विकास बजेट खर्चको प्रवृत्तिअनुसार कैलाली जिल्लामा भौतिक पूर्वाधारलगायत विकास निर्माणको गति सन्तुष्टिजनक छैन । विभिन्न सरकारी निकायबाट भैरहको विकास बजेट खर्चको अनुपातअनुसार हालसम्म आधा बजेट मात्र खर्च भएको छ । जुनअनुसार तीन महिनामा बाँकी बजेट खर्च हुने सम्भावना निकै कम रहेको बताउँछन्, कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख तथा प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशी ।

स्थानीय तहको कमजोर कार्यसम्पादन, काम गर्ने पुरानै शैली तथा झन्झटिलो प्रक्रिया, प्रदेश तथा स्थानीय तहमा आवश्यक कानून नहुनु, कर्मचारी अभावले पनि बिकास बजेट  खर्चमा ढिलाई भएको प्रमुख कोष तथा लेखा नियन्त्रक जोशीको भनाइ छ ।

उनको अनुसार कैलालीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले २२ करोड ९२ लाख विकास बजेटको ११ करोड १७ लाख अर्थात ४८ प्रतिशत खर्च गर्न भ्याएको छ । भने हुलाकी सडक निर्माण आयोजनाले २७ करोड ७१ लाख बजेटमध्ये २६ करोड ५५  लाख अर्थात ९५ प्रतिशत बजेट  खर्च गर्न सफल भएको छ ।

खुटिया विपिनगर दिपायल फास्ट ट्याकले १५ करोड बजेटमध्ये ७ करोड २४ लाख अर्थात ४८ प्रतिशत, मोहना पुल–अत्तरिया ६ लेन सडक आयोजनाले ३० करोड बजेटमध्ये १९ करोड अर्थात ६० प्रतिशत, शहरी विकास तथा भवन डिभिजन कार्यालयले १ अर्ब ४५ करोड बजेटमध्ये ७६ करोड ४० अर्थात ५२ प्रतिशत बजेट  खर्च गर्न भ्याएको छ ।

त्यस्तै, क्षेत्रीय सिँचाई निर्देशनालयले ८ करोड ३८ लाख बजेटको ७ करोड १४ लाख अर्थात ८५ प्रतिशत, भूमीगत जलस्रोत परियोजनाले ९ करोड ९२ लाखको ५ करोड १८ लाख अर्थात ५२ प्रतिशत, जल उन्पन्न प्रकोप नियन्त्रण डिभिजनले २३ करोड ९२ लाखको १९ करोड ७८ लाख अर्थात ८२ प्रतिशत बजेट  खर्च गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने रानी जमरा कुलरिया सिँचाई आयोजनाले १ अर्ब ९२ करोड मध्ये ९२ करोड अर्थात ४८ प्रतिशत र सिँचाई विकास डिभिजनले ८ करोड ८२ लाख मध्ये ५ करोड २२ लाख अर्थात ५९ प्रतिशत बजेट  खर्च गरेको हो ।

विषयगत सरकारी कार्यालयको तुलनामा स्थानीयहरू बजेट  खर्चमा निकै पछाडी रहेका छन् । जिल्लाको १३ वटा स्थानीय तहहरूले माघमसान्तसम्ममा ४६ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नसकेको पाइएको छ । सो अवधिमा जिल्लाको कैलारी गाउँपालिकाले सबैभन्दा बढी ४६ प्रतिशत र सबैभन्दा कम भजनी नगरपालिकाले १६ प्रतिशत मात्रै बजेट  खर्च गर्न भ्याएको थियो ।

त्यस्तै, कैलालीमा चैतमसान्तसम्ममा ५ अर्ब ६३ करोड ७४ लाख राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x