कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
बैशाख ४, २०७५
काठमाडौं, ४ वैशाख-नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध फुकुवा हुने अवस्थामा आफूहरू जस्तोसुकै लचकता अपनाउन पनि तयार रहेको जनाएको छ ।
यही वैशाख ६/७ गते विशेष साधारणसभा गर्न लागेको क्यानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुने अवस्थामा हदैसम्मको लचकता अपनाउन तयार रहेको जनाएको हो ।
'प्रतिबन्ध फुकुवा हुन्छ भने हामी जस्तोसुकै लचकता अपनाउन पनि तयार छौं भनेर अाईसीसीलाई भनेका छौं, उहाँहरुले पनि विधिवत ढंगले विधान संशोधनसहित सबै प्रक्रिया पूरा हुन्छ भने प्रतिबन्ध फुकुवा हुन्छ भनेपछि नै यो प्रक्रियामा अघि बढेका हौं,' क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने ।
साथै उनले विधान संशोधनको विषयलाई पनि एड्भाइजरी कमिटीले तयार पारेको मस्यौदाअनुसार नै इमान्दारितापूर्वक विशेष साधारणसभामा लैजाने बताए । 'हामीले इमान्दारितापूर्वकै नै सबै विषयलाई एजीएममा लैजान्छौं, एजीएमलाई कन्भिन्स गर्न पनि प्रयास गर्छौं,' प्याकुरेलले भने ।
अन्य विभिन्न विवादित विषयलाई मनिटरिङ कमिटीले हेर्ने उनको भनाइ थियो । '५ सदस्यीय मनिटरिङ कमिटी बन्दैछ, त्यसमा आईसीसीका ३, राष्ट्रिय खेलकुद परिषद्का १ र क्यानका १ प्रतिनिधि रहनेछन्, जिल्लाको निर्वाचनसहित अन्य विवादित विषयलाई यही कमिटीले हेर्छ,' उनले भने ।
हाल क्यानको केन्द्रीय कमिटीमा रहेका १७ जना नै साधारणसभामा सहभागी हुन पाउने तर मतदान वा निर्वाचनमा भाग लिने हो भने तलैबाट आउनुपर्ने कुरामा पनि सहमति भइसकेको उनले बताए ।
बिहीबार र शुक्रबार बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा हुने विशेष साधारणसभामा आईसीसीका प्रतिनिधि पनि सहभागी हुने प्याकुरेलले जानकारी दिए । सहभागी हुने प्रतिनिधिको नाम भने आधिकारिकरूपमा प्राप्त भइनसकेको उनले बताए ।
साधारणसभाका लागि आईसीसीले नै बजेट उपलब्ध गराएको उनले जानकारी दिए । 'हामीले एकदमै न्यूनतम बजेट तयार पारेर आईसीसीलाई बुझाएका थियौं, त्यो बजेट उहाँहरूले उपलब्ध गराउनुहुने भएको छ,' प्याकुरेलले भने, 'बजेट करीब ७ लाख जतिको छ ।'
आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न एड्भाइजरी कमिटीले संशोधनसहित तयार पारेको विधान जस्ताको तस्तै पारित गर्न दबाब दिँदै आएको छ ।
पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने उपस्थित थिएनन् । उनी पारिवारिक कामले राजधानीबाहिर रहेको महासचिव प्याकुरेलले जानकारी दिए ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...