असार २३, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् । बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रच...
काठमाडौं, ११ बैशाख–धादिङका सोम प्रसाद मुडवरी राम्रोसँग आँखा देख्न सक्दैनन् । २०६३ साल बैशाखमा गोंगबुमा भएको आन्दोललको नेतृत्व गर्दै राजतन्त्रविरुद्ध नारा लगाउँदै थिए, टाउको दायाँ भागमा प्रहरीको गोली लाग्यो ।
टाउकोमा गोली लागेका मुडवरीको जीवन त जोगियो तर, आँखाको दृष्टि भने सधैंका लागि गुमाउनु पर्यो । ‘आन्दोलनमा लागेको गोलीले आँखामा असर प¥यो राम्रोसँग देख्न सक्दिन्’ मुडवरीले लोकान्तरसँग भने, ‘जीवन चलाउन निकै गाह्रो भएको छ ।’
उनी अहिले काठमडौंमा खुकुरीको व्यापार गरेर जीविका चलाइरहेका छन् । अलिअलि मात्रै आँखा देख्ने मुडवरी दैनिक बल्लतल्ल अरुको पसलमा खुकुरी लगिदिने काम गर्छन् । त्यसैबाट आएको आम्दानीले उनले जसोतसो जीविका चलाएका छन् ।
राज्यले जनआन्दोलनका घाइतेहरुलाई वेवास्ता गरेको उनको आरोप छ । जनआन्दोलनमा घाइते भएकाहरुले रोजगारीको अवसर नपाएको भन्दै उनले सरकारले आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखे ।
‘हामीले राज्यसँग सित्तैमा खाना र सुविधा मागेका होइनौं । हामीलाई सित्तैमा केही पनि चाहिँदैन । हामीलाई हाम्रो क्षमता अनुसारको जीवन धान्न सक्ने रोजगारी देऊ सरकार ! घाइते र शहीदका परिवारलाई बाच्ने वातावरण देऊ,’ उनको गला अवरुद्ध भयो ।
उनीसँगै आन्दोलनमा होमिएका धादिङ जीवनपुरका नन्द प्रसाद रुपाखेती पनि जनआन्दोलनमा घाइते भएका व्यक्ति हुन् । उनले अहिले पनि दैनिक तीन सय रुपैँयाको औषधि खानुपर्छ । जनआन्दोलन सफल भए पछि शुरुमा सरकारले निःशूल्क उपचार गरिदिएको भए पनि अहिले भने आफैंले औषधि किनेर खानुपर्ने उनको बाध्यता छ ।
जीवन धान्नका लागि रुपाखेती काठमाडौंको एक चप्पल कारखानामा विगत आठ वर्षअघिदेखि काम गर्दै आएका छन् । आफूले कमाएको पैसाले महिनामा औषधि खान समेत मुश्किल परेको उनले सुनाए ।
२०६२/६३ को जनआन्दोलनका घाइते तथा शहीद परिवारका आफन्तलाई सरकारले निःशूल्क शिक्षा, औषधि उपचार र रोजगारीको व्यवस्था गर्ने भनेको थियो । तर मुडवरीले भने आफूले सरकारबाट कुनै अवसर नपाएको गुनासो गरे ।
‘हाम्रो टाउकोको खुड्किलो बनाएर अहिले देशमा जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बने । ११ वटा सरकारहरु परिवर्तन भयो,’ रुपाखेतीले भने, ‘तर हामी जनआन्दोलनका घाइतेहरु भने कष्ठकर जीवन चलाउँदै आएका छौं । हामीलाई न सकारले वास्ता गरेको छ न त कुनै राजनीतिक दलहरुले नै हेरेका छन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् । बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रच...
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि डा मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिँदा पनि देउवाले आफैँ ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका उनीनिकट एक नेताले जानकारी दिए।&nbs...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेन युद्धमा कसैको पक्ष नलिएको दाबी गरेका छन्। जारी केन्द्रीय समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले माओवादी केन्द्रले रूस–युक्रेन युद्धक...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावपछि विशेष महाधिवेशन आयोजना गरेर एमसीसीको बारेमा विस्तृतमा छलफल गर्ने बताएका छन्। जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको ज...
नागरिकता (पहिलो संसोधन) विधेयक २०७५ लाई आज सरकारले संसदबाट फिर्ता लिने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा प्रतिनिधि सभामा दर्ता गराएको विधेयक बिहीवार फिर्ता गर्न लागिएको हो ।...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...