×

NMB BANK
NIC ASIA

राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण अर्थ राख्ने एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिएको छ । यही वैशाख ९ गते यी दुई पार्टीबीच एकता घोषण हुने भनिए पनि त्यसो हुन सकेन । एकताको तिथि मिति नतोकिँदा एकताको पक्षमा उर्लिँदो जनमतमा नराम्ररी चोट पुगेको छ । अझ एकीकरण प्रक्रिया निरन्तर रहेको सन्देश दिन दुई पार्टीले आयोजना गरेको लेनिन जयन्तिको संयुक्त कार्यक्रममा यी दुई पार्टीका नेता र कार्यकर्ताबीचको मनमुटाव र अन्तरविरोध जसरी छताछुल्ल भयो, यसले एकता प्रक्रिया निरन्तर रहेको सन्देश दिन पूर्णतः असफल भयो । हुन त यी पार्टीका शीर्ष नेता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीगत एकता कुनै पनि हालतमा नभाँडिने आश्वासन दिन कोसिस गरे पनि त्यति विश्वासप्रद हुन सकेन ।

Sagarmatha Cement
Muktinath Bank

विकसित घटनाक्रमबाट दुई पार्टीबीच यही वैशाख ९ गते पार्टीगत एकता गर्ने घोषणा किन असफल भयो ? यस विषयमा दुवै पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरू मात्र होइनन्, आमजनता पनि चिन्तित हुन थालेका छन् । एकता नहुँदा वामपन्थी गठबन्धनको सरकार गिर्ने, जसबाट पुनः जटिलतामा फसेको मुलुकको राजनीति अझ अस्थिरताको सिकार हुन सक्ने भय र आशंका अप्रत्यासितरूपमा देखा पर्न थालेका छन् । पार्टीको एकता प्रक्रियालाई अवरोध खडा गर्न दुवै पार्टीका विवादास्पद र एकताविरोधी नेता प्रभावकारी हुँदै गएको घटनाक्रमबाट यस्तो भय र आशंका उत्पन्न भएको हो ।  एकता विरोधीहरूलाई एमालेका अहंवादी प्रवृत्ति र माओवादी केन्द्रको अराजक प्रवृत्तिले साथ दिन र सहयोग गर्न थालेबाट दुई पार्टीबीचको एकता झन जटिलतामा फस्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई पार्टी बीचको एकता प्रक्रियामा अवरोध खडा गर्ने मुख्य कारणहरूमा दुवै पार्टीको भिन्नभिन्नै राजनीतिक इतिहास र पृष्ठभूमि, भिन्न सैद्धान्तिक र वैचारिक मान्यताहरू र संगठनात्मक संरचना नै हुन् भन्ने तर्क एकताविरोधी तत्वहरूले दिन थालेका छन् । जहाँसम्म राजनीतिक इतिहास र पृष्ठभूमिको प्रश्न छ, यी दुवै पार्टीबीच त्यति ठूलो भिन्नता पाइँदैन । यी दुवै पार्टीको इतिहास र पृष्ठभूमि उग्र वामपन्थी सिद्धान्तबाट अभिप्रेरित भएको पाइन्छ । यी दुवै उग्र वामपन्थीबाट दक्षिणपन्थी हुँदै सन्तुलित धारतर्फ उन्मुख भएका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपाल कम्युनिस्ट पार्टीको पूर्व कोशी प्रान्तीय कमिटी अन्तर्गतको झापा जिल्ला कमिटीका नेता कार्यकर्ताहरूले चारू मजुमदारको नेतृत्वमा भारतको नक्सलबाडीमा भइरहेको व्यक्ति हत्याको राजनीतिबाट प्रभावित भएर उग्र वामपन्थी राजनीतिक यात्रा शुरू गरेका थिए । कोअर्डिनेशन कमिटीदेखि पछि गठन भएको नेकपा (माले)को मुख्य सैद्धान्तिक र वैचारिक आधार यही नै थियो । २०४५/०४६ सालसम्म यही विचारबाट यो पार्टी निर्देशित थियो । त्यसैगरी मोहनविक्रम सिंहको नेतृत्वमा बनेको न्यूक्लियस र त्यसकै पृष्ठभूमिका गठित नेकपा (मसाल) विभाजनपछि विभाजन हुँदै बनेको नेकपा (माओवादी)ले पनि जनवादी लक्ष्य प्राप्तिका लागि सशस्त्र संघर्ष (जनयुद्ध) गर्ने उग्र वामपन्थी सिद्धान्त र विचार अवलम्बन गरेको थियो । २०५२ सालदेखि २०६२ सालसम्म यो पार्टीले यही उग्रवामपन्थी राजनीतिलाई अबलम्बन गरेको थियो ।

Vianet communication
Laxmi Bank

पञ्चायती शासन व्यवस्थाविरुद्ध जतिवेला प्रजातान्त्रिक आन्दोलन चलिरहेको थियो, त्यतिबेला तत्कालीन नेकपा (माले) यो आन्दोनको विपरित धारमा खडा भएको थियो । प्रजातान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीले भूमिका निभाउनु दक्षिणपन्थी र संसोधनवादी हुनु हो भन्ने प्रवल धारणा यो पार्टीमा रहेको थियो । २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिन यो पार्टीले अप्ठ्यारो मानेका कारण पनि यही थियो । यो पार्टी सशस्त्र संघर्षद्वारा सिधै जनवादी क्रान्ति गर्नु पर्ने कुरामा विश्वास गर्दथ्यो । त्यसपछि यो पार्टीले प्रजातान्त्रिक आन्दोलनलाई गौण र जनपक्षीय राजनीतिको आवरणमा पञ्चायती निर्वाचनमा सहभागी भएर उग्रवामपन्थी सिद्धान्त र विचारबाट छलाङ्ग मार्दै दक्षिणपन्थी राजनीतिक मार्गमा खडा हुन पुगेको थियो । त्यस्तै जनयुद्धद्वारा जनवादी गणतन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष गरिरहेको माओवादीले राजावादीहरूलाई निकट र संसदवादीहरूलाई टाढाको व्यवहार गर्दै दक्षिणपन्थी कार्यदिशा अवलम्बन गरेको थियो ।

२०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनु पर्ने धारणा तत्कालीन नेकपा (माक्र्सवादी)को रहेको थियो, जुन पार्टीको नेतृत्व तत्कालीन अवस्थामा मनमोहन अधिकारी र शहाना प्रधानले गरेका थिए । यही आन्दोलनका लागि गठन भएको संयुक्त वाममोर्चामा बढो मुस्किलले तत्कालीन नेकपा (माले) सहभागी भयो । उग्र वामपन्थी विचार र चिन्तन बोेकेको यो पार्टीले २०४६ सालपछि मात्र सन्तुलित राजनीतिक धार अबलम्बन गर्न शुरुवात गरेको थियो । तत्कालीन माक्र्सवादीसँग यो पार्टीको एकता भएपछि बनेको नेकपा (एमाले) सही राजनीतिक दिशातर्पm हिँड्न थालेको हो । परिवर्तित परिस्थितिअनुसार आपूmलाई बदल्ने र भएका त्रुटिहरूलाई सच्याइहाल्ने प्रवृत्तिले नै अहिले एमाले यति प्रभावशाली पार्टी बनेको हो ।

त्यसैगरी नेकपा माओवादी सशस्त्र क्रान्ति (जनयुद्ध)द्वारा जनवादी व्यवस्था स्थापना गर्ने कुरामा विश्वास गर्दथ्यो । प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुलाई यो पार्टीले दक्षिणपन्थी र संशोधनवादी ठान्दथ्यो । प्रजातान्त्रिक धारमा रहेका कम्युनिष्ट र कांग्रेसलाई भन्दा दरबारियाहरूलाई निकट देख्ने कारण पनि यही थियो । राजावादीलाई उपयोग गरेर पहिला प्रजातन्त्र सिध्याउने, त्यसपछि राजतन्त्रलाई सिध्याएर जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य यो पार्टीले राखेको थियो । जनयुद्धबाट प्रजातान्त्रिक व्यवस्थाको अन्त्य र राजा ज्ञानेन्द्रको नेतृत्वमा निरंकुश राजतन्त्र स्थापना हुने पृष्ठभूमि तयार भएपछि मात्र यो पार्टीले जनयुद्धको बाटो परित्याग गर्दै शान्तिपूर्ण जनआन्दोलनको बाटो अंगालेको हो । तत्कालीन मालेले २०४६ सालपछि र माओवादीले २०६२/०६३ सालपछि मात्र उग्रवामपन्थी विचार र सिद्धान्त परित्याग गरी शान्तिपूर्ण जनआन्दोलनको विचार र सिद्धान्त अवलम्बन गरेका हुन् ।

यसरी दुवै पार्टीको राजनीतिक पृष्ठभूमिमा समानता पाइन्छ भने उनीहरूले अङ्गिकार गरेका नीति तथा कार्यक्रमहरू बहुदलीय जनवाद र २१ औ शाताब्दीको जनवादबीच पनि खास भिन्नता देखिँदैन । नयाँ जनवादी कार्यक्रमलाई अङ्गिकार गर्दै आएको तत्कालीन नेकपा (माले)ले २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछिको विशिष्ठ राजनीतिक परिस्थितिमा ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रमलाई आफ्नो कार्यक्रम बनाएको हो । यो दीर्घकालीन परिस्थितिलाई सम्बोधन गर्ने कार्यक्रम नभई तत्कालीन परिस्थितिको लागि बनाइएको अल्पकालिन कार्यक्रम थियो । यसैगरी माओवादीले जनयुद्धद्वारा जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यक्रम अबलम्बन गर्दै आएकोमा शान्तिप्रक्रियामा आएपछिको विशिष्ठ परिस्थितिमा २१ औं शतब्दीको जनवादको कार्यक्रमलाई अघि सारेको हो । यो कार्यक्रम पनि दीर्घकालिन नभई तत्कालीन परिस्थितिलाई सम्बोधन गर्न ल्याइएको थियो । यसरी विश्लेषण गर्दा रूपमा दुई पार्टीको कार्यक्रम भिन्नझैं देखिए पनि सारमा धेरै कुरामा समानता रहेको पाइन्छ । राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन (लोकतान्त्रिक गणतन्त्रको स्थापना) भएको वर्तमान परिस्थितिमा यी दुवै कार्यक्रमको सट्टामा नयाँ कार्यक्रमको आवश्यकता टड्कारो रूपमा देखापरेको छ । यी दुईमध्ये कुनचाहिँ कार्यक्रम सही हो भनी बहस गर्नु अहिलेलाई अर्थहीन छ ।

इतिहास, राजनीतिक पृष्ठभूमिको साथै सिद्धान्त र विचारमा यी दु्ई पार्टीबीच त्यति ठूलो भिन्नता नभएको स्थितिमा पार्टीगत एकता गर्न त्यति असहजता र अप्ठ्यारो छैन । दुवै पार्टीको संगठनात्मक स्वरूप र स्थितिमा मात्र भिन्नता छ । दुई पार्टीबीच एकता भएपछि दुवै पार्टीका कैयौं नेता तथा कार्यकर्ताको साविक पद र हैसियत तलमाथि भने निश्चितरूपमा हुने स्थिति छ । एकता पनि चाहने, साविककै पद र हैसियत पाउनुपर्ने आग्रह राख्नु उपयुक्त कुरा होइन । एमाले नेतृत्वले माओवादी केन्द्रलाई आफूमा बिलय भएको ठान्ने र माओवादी केन्द्रले साविककै पद र प्रतिष्ठा खोज्ने बीचको अन्तरविरोध नै एकतामा देखा परेको समस्या हो । भावनात्मक रूपमा नगरिएको एकता दीगो र टिकाउ हुन गाह्रो हुन्छ । दुवै पार्टीका नेता र कार्यकर्ताहरूलाई एकिकृत पार्टीमा पद र हैसियत भागबण्डाको आधारमा गर्नु एउटै पार्टीभित्र दुई पार्टीको अस्तित्वलाई निरन्तरता दिनुझैँ हुन्छ । पार्टीगत आधारमा भन्दा निष्पक्ष रूपमा योग्यता, क्षमता र योगदानका आधारमा नेता र कार्यकर्तालाई पद र हैसियत दिँदा बढी व्यवहारिक हुन्छ । यसरी पार्टी एकीकरण गर्दा संगठनात्मक विवाद समाधान गर्न त्यति गाह्रो पर्दैन । 

वर्तमान स्थितिमा राजनीतिक स्थायित्व राष्ट्रिय आवश्यकता बनेको छ । तरल राजनीतिक स्थितिमा कमजोर बन्दै गएको राष्ट्रियताको जगलाई पुनर्निमाण गर्नु पनि त्यति नै आवश्यकता छ । केन्द्रिकृत शासन प्रणालीबाट संघीय प्रणालीमा भर्खरै राष्ट्रिय राजनीति प्रवेश गरेको छ । यो प्रणालीलाई विना दुर्घटना सफल बनाउन शक्तिशाली केन्द्रको आवश्यकता पर्दछ । वर्तमान राजनीतिको अंकगणितमा कुनै एउटा मात्र राजनीतिक शक्तिले राजनीतिक स्थायित्व दिन र शक्तिशाली केन्द्रको भूमिका निभाउने सम्भावना देखिँदैन । गत आमनिर्वाचनमा जनताले दिएको अभिमत अनुसारको भूमिका एमाले र माओवादी बीचको एकताबाट निर्मित शक्तिबाट मात्र सम्भव देखिन्छ । यसैले एमाले माओवादी केन्द्र बीचको एकाता सिंगो कम्युनिष्ट आन्दोलनको लागि मात्र होइन, राष्ट्रिय आवश्यकता पनि बनेको छ । यस्तो राष्ट्रिय महत्त्वको प्रश्नलाई निहित स्वार्थबाट गौण बनाउने दुष्प्रयास दुवै पार्टीका केही नेता कार्यकर्ताले जसरी गरिरहेका छन्, त्यो कम आपत्तीजनक कुरा होइन ।

नेपाली राजनीतिलाई निरन्तर अस्थीरताको गोलचक्करमा फसाएर आफ्नो भूमिका र स्थान बढाउने बाह्य शक्तिहरू नेपालको राजनीतिक स्थायित्वविरुद्ध सधैँ खडा हुँदै आएका छन् । दुवै पार्टीको एकताबाट राजनीतिक स्थायित्व हुने मुल्याङ्कनका साथ उनीहरू यो एकताको विरुद्धमा लागिपरेको कुरा सतहमा देखिन्छ । यी बाह्य शक्तिको चलखेल दुईपार्टी बीचको आन्तरिक चलखेलमा पनि प्रतिबिम्बित हुँदै गएको छ । घोषित मितिमा दुई पार्टीबीच एकता हुन नसक्नुमा पनि यसले अर्थपूर्ण भूमिका निभाएको छ । आगामी दिनहरूमा पनि एकता भाँड्ने अन्तिम प्रयास उनीहरूबाट हुने निश्चित छ । दुई पार्टीका नेताहरूको अहमता, अति महत्वकांक्षा, पदलोलुपता र अदुरदर्शीतामा खेलेर बाह्य शक्तिहरूले यी दुई पार्टीबीचको एकतालाई गोलचक्करमा फसाउँदै असफल बनाउने त होइन ? भन्ने आशंका आम जनमानसमा उत्पन्न भएको छ । अतः यी आशंकालाई मेटाउन पनि जतिसक्दो चाँडो यी दुई पर्टीबीचको एकतालाई टुङ्गोमा पुर्‍याउनु देश र जनताका लागि हितकर हुने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x