माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बैशाख २३, २०७५
काठमाडौं २३ वैशाख– आइतवार दिउसो २ बजेको समय ।
काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालको तेस्रो तलाको विशिष्ट कक्ष भित्र एकजना पाको मानिस भक्कानिदै रोएको आवाज बाहिरबाटै प्रष्ट सुन्न सकिन्थ्यो ।
त्यो कारुणिक दृष्यले त्यहाँ उपस्थित केही चिकित्सक र सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो ।
विशिष्ठ कक्षमा नेपालका प्रख्यात स्नायुविशेषज्ञ डा. उपेन्द्र देवकोटा उपचार गराइराखेका छन् ।
डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथको चन्दन, रुद्राक्ष र प्रसाद लिएर पुगेका थिए बाग्लुङका प्रेमराज जोशी । डा. देवकोटा बेलायतबाट फर्केपछि दोस्रो पटक अस्पतालमा आएका जोशी देवकोटाको कार्यक्षमै भक्कानिएका थिए ।
आफ्नै सामुन्ने भावविह्वल भएको देखेपछि डा. देवकोटा भन्दै थिए : ‘तपाईहरुको आशिर्वाद लागोस् !’ डा. देवकोटालाई भेटनकै लागि जोशी आइतवार चितवनबाट काठमाडौं आएका थिए ।
०००
प्रेमराज जोशी नेपाल सरकारका कर्मचारी हुन् । तत्कालीन जिल्ला विकास समिति काठमाडौंको प्रमुख (एल्डीओ) रहेका बखत, २०६९ सालमा, ब्रेन ट्युमरले उनको आँखा बन्दै हुने अवस्था आइसकेको रहेछ ।
‘पुनर्जीवनको आशासहित चैत्र २७ गते डा. देवकोटामोमा पुगेंको थिएँ, चैत ३० गते डा. देवकोटाको टोलीले नौघण्टा लगाएर मेरो शल्यक्रिया गरेको थियो’ उनले पाँच बर्ष अगाडिको त्यस दिनको स्मरण गरे ।
‘यही अस्पतालमा १९ दिन बसेर पुनर्जीवन पाएँ, उहाँ मेरो भगवान् सरह हो । डा. देवकोटा नभएको भए म यो संसारमा रहने थिइनँ होला’ न्युरो अस्पताल परिसरमा भक्कानिदै जोशीले लोकान्तरसँग भने ।
हाल चितवनस्थित् भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत (सहसचिव) रहेका जोशीले डा. देवकोटालाई भगवान पशुपतिनाथले चमत्कार गरेर बचाउने विश्वास व्यक्त गरे ।
‘उपेन्द्र देवकोटा नभएको भए म बाँच्न सक्ने थिइनँ, उहाँजस्तो डाक्टर पाउन देशले अर्को शताव्दी कुर्नु पर्छ होला’ जोशीले थपे ।
बेलायतमा झण्डै ६ महिना लामो उपचार गराएर गत १५ गते शनिवार नेपाल फर्किएका डा. देवकोटालाई भेट्न आइतवार पनि शुभेच्छुको अस्पतालमा भीड लागेको थियो । कलेजो सम्बन्धी जटिल रोगका कारण डा. देवकोटा न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...