जेठ १९, २०८०
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैशाख २७, २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ५ वर्षे कार्यकालको करीब अन्तिममा आइपुग्दा तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका छन् । मोदी शुक्रबार (भोलि) दुईदिने नेपाल भ्रमणका लागि आउँदैछन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सकिएको एक महिना पनि नबित्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
मोदीको नेपाल भ्रमणले नेपाली राजनीतिक वृत्त तरंगित भएको छ । नेपालसँग रोटीबेटीको सम्बन्ध छ भन्दै पहिलो पटकको नेपाल भ्रमणका क्रममा संसदमा भाषण गरेका मोदीले त्यसलगत्तै नेपालमाथि नाकाबन्दी लगाएका थिए । जसका कारण उनको आसन्न नेपाल भ्रमणमा नेपाली जनता र सर्वसाधारण आक्रोशित बनेका छन् । सामाजिक सञ्जालहरूमा मोदीविरुद्ध चर्का अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।
मोदीले नेपाल भ्रमणमा कुटनीतिक मर्यादा नमानेको वा हेपेको भन्दै विरोध भइरहेको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरेर मोदी आफ्नै सेनाको विशेष सुरक्षामा हेलिकप्टरमार्फत् जनकपुरमा अवतरण गर्ने तयारीमा छन् ।
धार्मिक भन्दै अन्तर्राष्ट्रिय कूटनीतिक मान्यताविपरीत प्रचलित हवाइ रुटसमेत नाघ्दै उनी जनकपुर प्रवेश गर्न लाग्दा नेपाल सरकारले तयारीको कुनै कसर भने बाँकी राखेको छैन । मोदीको भ्रमणका अवसरमा सार्वजनिक बिदादेखि लिएर जनकपुरमा २ दिन पर्यटकीय रुट समेत बन्दको निर्णय गर्दा यसअघि नाकाबन्दीविरुद्ध खरो रूपमा उत्रिएका प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भइरहेको छ ।
मधेसको राजनीतिमा भारतले खेल्ने गरेको आरोप लाग्ने गरिरहेका बेला मोदी जनकपुरलाई भारतको कुनै प्रान्त जस्तो देखाउने प्रयास गर्दै हेलिकप्टर यात्राबाट नेपालमा अवतरित हुँदैछन् । मोदीको नेपाल भ्रमणका विभिन्न विषयलाई समेटेर मनीषा अवस्थीले राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग कुराकानी गरेकी छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
मोदीको भ्रमणलाई धार्मिक भ्रमणका रूपमा व्याख्या गरिँदैछ, यो धार्मिक नै हो कि राजनीतिक भ्रमण ?
धार्मिक त हुँदै होइन । यसलाई धार्मिक हो कि राजनीतिक हो भनेर विषयान्तर गर्नु ठीक होइन । स्पष्ट छ, धार्मिक आवरणमा हुन लागेको रणनीतिक राजनीतिक भ्रमण हो । राजनीतिक तहबाट हुने भ्रमण धार्मिक आवरणमै भए पनि राजनीतिक नै हुन्छ । यो मोदीको नीजि आकांक्षासँग जोडिएको भ्रमण हो ।
मोदी अन्तर्राष्ट्रिय हवाइ रुट छाडी सिधै आफ्नो हेलिकप्टर प्रयोग गरेर जनकपुर आउँदैछन्, यसलाई कसरी लिने ?
कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानूनविपरीत सिधै जनकपुर आउनु परम्परा, मर्यादा तथा कूटनीतिक परिधि उलंघन गरेर नेपालमाथि खेल्नु हो । नेपाललाई पेल्ने भारतको हेपाहा प्रवृत्तिको अभ्यासको नयाँ श्रृंखला हो मोदीको यो भ्रमण । दुई देशको सार्वभौमिकता जस्ता कुनै पनि कुराको वास्ता नगर्नु हेप्नुबाहेक केही होइन । हाम्रो सरकारको आत्मसमर्पणवादी चिन्तनका कारण नेपालीहरूले अर्को अपमान बेहोर्नुपर्ने अवस्था आउँदैछ ।
जनताको अत्यधिक मत पाएको सरकारसँग मोदीको भ्रमणका विषयलाई लिएर जनता नै आक्रोशित देखिएका छन्, यसबारे के भन्नुहुन्छ ?
नेपालीहरूले मान्छेको मूल्याङ्कन घटनामा गरे । कुनै पनि व्यक्तिको मूल्याङ्कन एक घटनालाई मात्र हेरेर गर्नु र उसलाई पूरा विश्वास गर्नु हाम्रो कमजोरी हो । समष्टिगत अभ्यासमा मानिसको मूल्याङ्कन गर्नुपर्छ । हाम्रा प्रधानमन्त्री केपी ओली राष्ट्रवादी होइनन्, राष्ट्रवादको परिभाषा समेत दिन सक्दैनन्, भनेर त मैले पहिल्यै भनेको थिएँ । मान्छेहरु बढी हौसिए ।
त्यसो भए नाकाबन्दीविरुद्ध ओलीको अडान केही पनि थिएन ?
नाकाबन्दीविरुद्ध जे गरे, ओलीको समष्टि त्यही हो भनेर जनताले बुझे, त्यै कमजोरी भएको छ । ओलीले त आफू जे हो त्यही देखाएका छन् । रणनीतिक हिसाबले सत्तामा पुग्नका लागि नाकाबन्दीको पनि विरोध गरेको हो कि जस्तो देखिएको छ । अझै पनि पूर्ण भइसकेको छैन, अझै हेर्नुपर्ने हुन्छ । अहिले ओलीले जे गरे, त्यो ठीक गरेनन् । उनले यसो नगर्नुपर्ने, आफ्नो पहिचान र बनेको छवी नबिगार्नुपर्ने, यो चाहीँ उनकै लागि घाटा हुने विषय हो ।
मोदीको नेपाल भ्रमणबाट नेपालीले के अपेक्षा गर्ने ?
नेपालीहरूको अपेक्षा त मसिना कुराहरूमा मात्रै छ । तटबन्धका कारण सीमा क्षेत्रका जनताहरू डुबानमा पर्ने गरेका छन्, त्यसको समाधानका लागि काम गर्नुपर्छ । यस्तै भारतले ल्याएको विमुद्रीकरणको नीतिले नेपालहरूले दुखजिलो गरी कमाएको पैसा छ, त्यो त्यसै थन्किएको छ, त्यसलाई व्यवस्थापन गर्नुपर्छ । सिमानामा नेपालीहरूले रातदिन भारतीय सुरक्षा निकायबाट दुःख पाउनुपरेको छ, प्रताडित हुनुपरेको छ, त्यसको समाधान गर्नुपर्छ । गोविन्द गौतमलाई सीमाभित्र आएर मारिएको छ, त्यसको क्षतिपूर्तिको कुरा छ ।
तपाईंले भनेका समस्या समाधान गर्न नेपालले पहल गर्न सक्ला ?
वर्तमान नेतृत्वबाट यी कुनै कुराको पनि अपेक्षा गर्नै सकिँदैन ।
यो पनि पढ्नुहोस् :
'मोदीले नेपालमाथि हस्तक्षेप गरे भन्नु राजनीतिक प्रोपागाण्डा मात्र'
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...