पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालको इतिहासमा शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते मित्रराष्ट्र चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । नेपालको असल छिमेकी मित्रराष्ट्र चीनसँग इतिहासदेखि नै मित्रता, घनिष्ठ तथा सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ ।
चीनका मन्जुश्रीको नेपाल आगमन र काठमाडौं उपत्यका वस्ती विस्तार, बुद्धधर्मका अनुयायी फाहियान र हुवेन साङजस्ता व्यक्तिको नेपाल भ्रमण र चीनमा बुद्धधर्मको प्रचारप्रचार, कलाकारिताको पारखी नेपालका अरनिकोलाई चीनका सम्राट कुब्लाखाँ दरवारमा उच्च सम्मान, नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रोङचोङ गम्पोसँगको वैवाहिक तथा पारिवारिक सम्बन्धजस्ता ऐतिहासिक घटनाक्रमले नेपाल र चीनको बिचमा प्राचीन तथा ऐतिहासिक सम्बन्ध रहेको देखाउँछ । भोटमा बौद्ध धर्मको जग बसाल्ने नेपालकी सुपुत्री र चीनकी बुहारी भृकुटीलाई नेपालले राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।
सन् १९२१ मा क. माओत्सेतुङको नेतृत्वमा स्थापना भएको चिनियाँ कम्यूनिस्ट पार्टीले १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरेपछि जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो । विक्रम सम्वत् २०११ फागुन ३० गते महेन्द्रको राज्यारोहणपछि नेपालको परराष्ट्र नीतिले गति लिनुका साथै सन १९५५ मा चीनसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको थियो ।
नेपाल सरकारको प्रधानमन्त्रीको रूपमा क. केपी ओलीको यो दोस्रो चीन भ्रमण हो । पहिलो पटक चीन भ्रमणका बेला, नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको नेपालको संविधान २०७२ जारी गरेलगत्तै दक्षिणी छिमेकी भारतले करीब ५ महिना लामो नाकाबन्दी लगाएको थियो । त्यतिबेला नेपाली जनताले भारतद्वारा पटक–पटक लगाउने गरेको नाकाबन्दीको अगाडि नझुक्न र नेपालको राष्ट्रियता, नेपाली जनतामा निहित सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर हुन नदिन प्रधानमन्त्री ओलीलाई खबरदारी गर्नुका साथै पूरै साथ र सहयोग गरेका थिए ।
२०७२ चैत्र ७ गते नेपाली जनताको उच्च भावनाको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री क. केपी शर्मा ओली चीन जाँदा नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर मित्र राष्ट्र चीनसँग ऐतिहासिक पारवहन सम्झौता भएको थियो, जुन पारवहन सम्झौताले नेपाल भारत परिवष्ठित छ भन्ने मनोविज्ञानलाई खण्डित गराइदियो ।
नेपाल–चीन व्यापार सम्झौता, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता भएका थिए । केरूङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण र पट्रोलियम पदार्थको पाइपलाइन विस्तार, जलविद्युत् आयोजनाहरू निर्माण, पर्यटन प्रवर्द्धन, कोदारी राजमार्गको पुनर्निर्माण र सञ्चालन, कृषि उत्पादन र सहज रूपमा निकासी लगायत धेरै विषयमा सहमति भएका थिए । तर, नेपालको दूर्भाग्य भनौं, नेपालको राजनीतिक अस्थिरता, दलका नेतृत्व तहमा सवार भएको सत्तालोलुपता र विदेशी शक्ति राष्ट्रको चलखेलका कारणले केपी शर्मा ओलीको सरकार ९ महिनामै ढलेको थियो । जसको कारणले गर्दा त्यतिबेला चीनसँग भएका कतिपय सम्झौता कार्यान्वयन हुन सकेनन् भने कतिपय समझदारीले मूर्तरूप लिन पाएनन् ।
यतिबेला दुईतिहाई बहुमतको शक्तिशाली तथा स्थिर सरकार छ । नेपालको भूराजनीतिक संवेदनशीलता, जनताको विकासप्रतिको इच्छा र चाहनालाई मध्यनजर राख्दै चीनसँग पारस्परिक लाभ र हित, सम्मान र समानताको आधारमा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई दृढतापूर्वक ध्यानमा राखेर प्रस्तुत हुनुपर्छ ।
केरूड–काठमाडौं–पोखरा–लुम्बिनी रेल सेवा रणनीतिक हिसाबले ऐतिहासिक हुनुका साथै आर्थिक विकास र रोजगारी प्रवर्द्धनका निम्ती नेपालको हितमा महत्वपूर्ण योगदान पुर्याउँछ । नेपाल र चीनबीच भएको ‘वेल्ट एण्ड रोड’ (बीआरआई) सम्झौता कार्यान्वयनमा समेत रेलमार्गले सकारात्मक असर पर्छ । नेपाल र चीनलाई मित्रताको सूत्रमा बाँधेको कोदारी राजमार्ग २०७२ बैशाख १२ गते आएको विनाशकारी महाभुकम्पपछि प्रयोगविहीन छ ।
मितेरी सम्बन्धको रूपमा रहेको यो कोदारी राजमार्गलाई पुनर्निर्माण गरी चलायमान बनाउनु अतिआवश्यक छ । पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार, पश्चिमसेती, बुढीगण्डकी लगायतका ठूला जलविद्युत् आयोजनाको निर्माण, मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण, काठमाडौं र पोखरामा चक्रपथ निर्माण, नेपालमा चिनियाँ पर्यटक प्रवर्द्धन र कृषि उत्पादनमा लगानी र निकासी, पैठारीमा व्यापारिक सहजता लगायत राष्ट्रिय गौरवका आयोजनामा चिनियाँ लगानीबारे ठोस सम्झौता र समझदारी गर्दा देशको हितमा हुनेछ ।
नेपालले चीनसँग आर्थिक, सामाजिक महत्वका विषयलाई बढाउने भनेको भारतसँग निर्भरता घटाउने र २ छिमेकीसँग समान, सन्तुलित सम्बन्ध राख्ने ऐतिहासिक अवसर हो । एउटा भनाइ छ– बाँसजस्तो चाम्रो हुनुपर्छ, पूर्व, पश्चिम, उत्तर, दक्षिण जताबाट बतास बहेपनि सबै प्रहारको बाबजुद नभाँचिइकन सदा अडिग रहन सकोस् ।
सन् २०१२२ नोभेम्बर २९ मा चिनियाँ कम्यूनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएलगत्तै सी जिनपिङले चिनियाँ सपनाको बारेमा भनेका थिए । ‘चिनियाँ सपना राष्ट्रिय विकासको सपना हो, यो साम्राज्य प्राप्त गर्ने सोच होइन । चिनियाँ सपना राष्ट्रिय सम्मानको सपना हो । उपनिवेश खडा गर्ने सोच होइन । चिनियाँ सपना जनताको खुशीयालीबारे हो, संविधानवादबारे होइन ।’
चीन विश्वमा पहिलो आर्थिक महाशक्तिको रूपमा उदाउँदै छ । चीन निरन्तर समृद्ध हुँदै गएकोमा कतिपय शक्तिहरू चिन्तित हुन थालेका छन् । चीन यसरी विकसित हुँदै गएमा विश्वमा खतराको रूपमा आउने पूर्वाग्रहपूर्ण दुष्प्रचार पनि हुने गरेका छन् । २८ मार्च २०१४ को एउटा सम्बोधनमा सी जिनफिङले भनेका थिए, ‘एउटा युद्धप्रिय राज्य जतिसुकै विशाल भएपनि अन्ततः विनाश हुन्छ । शान्ति उच्चतम् महत्वको कुरा हो । त्यसैले युद्धको हतियारका बदलामा पन्ना र रेशमको उपहार देऊ ।’
चीनले सन् १९४९ पछि ५ नेताको नेतृत्वमा धेरै चुनौती पार गर्दै वर्तमान अवस्थामा आएको देखिन्छ । पहिलो, माओत्सेतुङ, जसको नेतृत्वमा चिनियाँ कम्यूनिस्ट पार्टीको निर्माण, परिचालन र चीनको जनवादी क्रान्ति सम्पन्न भयो । माओत्सेतुङले जनतालाई आश्वस्त पार्ने क्रममा १ पटक जब चीनको भविष्य जनताको हातमा पर्छ, चीनको पूर्वमा उदाउने सुर्यले झैं उज्यालो ज्वालासहित धर्तीका प्रत्येक कुनालाई जाज्वल्यमान बनाउने छ ।
दोस्रो, देङ स्याओ पिड, जसले आर्थिक उदारीकरण र खुला समाजको अवधारणाको मार्गबाट चिनियाँ विशेषताको समाजवाद र बाहिरी विश्वसँग बहुआयामिक सम्बन्ध जोडे । तेस्रो, जियाङ जमिन, जसले चीनको आधुनिकीकरण, राष्ट्रिय एकता, विश्वशान्ति र सुरक्षाको ३ खम्बे सिद्धान्तको प्रतिपादन गरे । चौथो, हु जिन्ताओ, जसले सन्तुलित विकास नीतिमा जोड दिँदै विश्वमा शान्ति र मेलमिलापको मार्गलाई फराकिलो बनाउने विचार ल्याएका थिए ।
पाचौं, सी जिनफिड़, चिनियाँ सपना, ‘राष्ट्रमा सम्पन्नता ल्याऊ, जनतालाई शान्ति र सुरक्षा देऊ र छिमेकीसँग मित्रता बृद्धि गर तथा विश्वव्यापी शान्ति प्राप्त गर र चिनियाँ विशेषता सहितको आधुनिक समाजवादको अवलम्बन र विकास प्राप्त गर ।’ चीनले सन् २०१० देखि २०२० सम्ममा शहरी ग्रामीण बासिन्दाको प्रतिव्यक्ति आय दोब्बर पुर्याउने र सर्वपक्षीय सम्पन्न समाज हाँसिल गर्ने लक्ष्य लिएको छ ।
एक्काइसौं शताब्दीको मध्यसम्म आधुनिक समाजवादी, सुसम्पन्न, सशक्त, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा विकसित र सद्भावपूर्ण राष्ट्रको रूपमा पुर्याउने र चिनियाँ राष्ट्रको महान् नवीकरणको सपना हाँसिल गर्ने लक्ष्यका साथ चीन गुणात्मक विकासको पथमा लम्की रहेको छ ।
इतिहास आफैंमा उत्तम गुरू हो । यसले भविष्यको विकासको लागि मार्गदर्शन गर्छ । सन् १८४० को अफिम युद्धदेखि लिएर सन् १९४९ मा जनगणतन्त्रको स्थापना भएसम्म १ सय वर्षमा चीनले अनेकौं उथलपुथलको सामना गर्यो । जापानी सेनाले चीनमा गरेको आक्रमणमा करीब ३ करोड ५ लाख चिनियाँ जनताले ज्यान गुमाएका थिए ।
यस्ता अत्याचारपूर्ण कार्यलाई शिक्षाको रूपमा लिँदै जनताको बृहत्तर सुख र राष्ट्रको उज्वल भविष्य सुनिश्चित गर्न तथा विश्व शान्ति, सद्भाव र विकासको पक्षमा चीन अगाडि बढ्दै छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...