×

NMB BANK
NIC ASIA

अग्रलेख

प्रधानमन्त्री ओलीको चीन भ्रमण : समझदारी र सहयोगको नयाँ चरण

असार ५, २०७५

NTC
Sarbottam
प्रधानमन्त्री ओली चीनको भ्रमणका लागि मंगलबार त्यसतर्फ जानेक्रममा त्रिभुवन विमानस्थलमा अभिवादन गर्नुहुँदै । तस्बिर : रासस
Premier Steels
Marvel

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । हिजो यसबारेमा उहाँ आफैंले संसद्‌मा वक्तव्य दिनुभएको छ । चीनयात्राको कार्यसूचीको जानकारी जनसाधारणले त्यसैबाट पाइसकेका छन् । तसर्थ हामी चिनियाँ नेताहरूसितको उहाँको वार्ता फलदायी होस् भन्दछौं, नेपालको बृहत्तर हितको लागि उपयोगी सिद्ध होओस् भन्ने कामना गर्दछौं ।

Sagarmatha Cement
Muktinath Bank

भारतजस्तै चीन पनि नेपालसित सिमाना जोडिएको मुलुक हो । तथापि केही भिन्न भौगोलिक बनोट भएका कारणले चीनतर्फको आवागमन र व्यापार व्यवसाय सीमित रहने गरेको छ । तर अब यो परिस्थितिमा क्रमिक रूपमा अनुकूल परिवर्तन आउँदैछ किनभने सडक र सञ्चारका सञ्जाल धमाधम थपिन लागेका छन् । एक-क्षेत्र-एक-सडक सहज गराउने चीनको ‘बेल्ट रोड इनिसिएटिभ’ परियोजनालाई यसै परिप्रेक्ष्यमा हेरिनुपर्दछ । यसबीच भूपरिवष्टित नेपालले पटक-पटकको भारतीय नाकाबन्दीले गर्दा समुद्री तटसम्मको पहुँचको लागि वैकल्पिक पारवहन सुविधा उत्तरको छिमेकीसितबाट प्राप्त गर्ने चाँजो मिलाउँदैछ । करीब दुई वर्षअघि प्रधानमन्त्री ओलीकै कार्यकालमा चीनसित भएका यससम्बन्धी सम्झौताहरूलाई कार्यरूप दिन यसपटक आवश्यक समझदारीपत्रहरूको आदानप्रदान हुने अपेक्षा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
सुदूर पश्चिमको पहाडी इलाकामा पर्ने लिपुलेकको विषय भने नेपाली जनताको संवेदनासित गाँसिएको पेचिलो मामिला हो । नेपालको स्वामित्व रहेको यस भूभागलाई चीन र भारतको एउटा व्यापारिक गौंडो बनाउने गरी सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीनयात्रका बखत गरियो ।

भारतसित जस्तो चीनसित सिमाना विषयमा धेरै विवाद छैनन् । दोलखाको लामाबगर इलाकामा नेपालको केही जमीन चीन (तिब्बत) तर्फ परेको कुरा चर्चामा छ जसलाई सम्बोधन गर्ने कार्य अधिकृत स्तरबाट नै हुनसक्छ; राजनीतिक तहको निर्देशन आवश्यक परे प्रधानमन्त्रीले तत्कालै उपलब्ध गराउनसक्ने अवस्था छ । तर सुदूर पश्चिमको पहाडी इलाकामा पर्ने लिपुलेकको विषय भने नेपाली जनताको संवेदनासित गाँसिएको पेचिलो मामिला हो । नेपालको स्वामित्व रहेको यस भूभागलाई चीन र भारतको एउटा व्यापारिक गौंडो बनाउने गरी सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीनयात्रका बखत गरियो । तर नेपालको प्रत्यक्ष सरोकार रहेको त्यस भूभागलाई उपयोग गर्ने गरी सम्झौता गर्नुअघि चीन र भारत दुबैले नेपालसित सम्पर्क गरेको वा सहमति लिएको देखिएन । नेपालको सार्वभौमसत्तामा आँच आउने यस्तो कार्य छिमेकी मित्रराष्ट्रहरूबाट कसरी भयो त्यो आज पनि चिन्ताको विषय रहेको छ । यसमा भारतपक्षबाट यथोचित ध्यान नपुगेको भए पनि चीनतर्फबाट चनाखोपन र संवेदनशीलता देखाएर लिपुलेकसम्बन्धी दिल्लीको प्रस्ताव अस्वीकृत गरिनुपर्ने थियो । जे भए तापनि लिपुलेकबारेको नेपालको आपत्ति र चिन्ता उतिबेलाका प्रधानमन्त्री सुशील कोइरालाले सम्बन्धित पक्षसित सशक्त ढङ्गले उठाउनुभएको थियो । अत: प्रधानमन्त्री ओलीले यस मामिलामा चीनका नेताहरूसित गहन विचार-विमर्श गर्नुहुने अपेक्षा पनि हामीले गरेका छौं ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x