×

NMB BANK
NIC ASIA

'द्वन्द्वकालीन घटनाका मुद्दा टुङ्ग्याउन नयाँ कानून'

असार १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १४ असार- राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सांसद खिमलाल भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसद वृशेषचन्द्र लाल र अनिता देवकोटाले उक्त निलम्बन प्रस्तावको समर्थन गर्नुभएको थियो । बैठकले नियमावलीका नियम ९४, ९८, ९९ र १०६ निलम्बन गरेको हो । 

बैठकले आजै राष्ट्रियसभा अध्यक्षबाट सभाको कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको नाम मनोनयन गरेको छ । त्यसैगरी सभाको तेस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । 

उहाँले द्वन्द्वकालीन घटनाका मुद्दा टुङ्ग्याउन बाँकी रहेको हुनाले सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानून र विस्तृत शान्ति सम्झौतानुसार नयाँ कानून आउने जानकारी दिनुभयो । मन्त्री तामाङले अब हामी द्वन्द्वमा होइन, राष्ट्र निर्माण समृद्धिको अभियानमा अघि बढौँ भन्ने आह्वान गर्नुभयो । 

उक्त प्रस्तावमाथिको छलफलमा सांसद चन्द्रप्रकाश पुरीले द्वन्द्वकालीन घटनाका काम सम्पन्न गर्न अझै बाँकी रहेकाले आयोगको म्याद थपका लागि ल्याइएको विधेयक औचित्यपूर्ण भएको बताउनुभयो । सांसद जीतेन्द्रनारायण देवले ऐन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि बाँकी कार्य समयमै सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते अपराह्न १ बजे बस्नेछ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x