×

NMB BANK
NIC ASIA

काठमाडौं महानगर भन्छ - फोहोर उठ्न थालिसक्यो

साउन ३, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ । 

Muktinath Bank

कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुन नसकेकाले अहिले सडकको दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कामपाका सहप्रवक्ता नवराज ढकाल गत मंगलबारबाट नियमित फोहर उठिरहेको जानकारी दिन्छन् । नियमित फोहर उठिरहेको समयमा पनि किन जहातहीँ फोहोर छ त भन्ने प्रश्नको जवाफमा उनी लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न नसकिने भएकाले त्यस्तो भएको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

सहप्रवक्ता ढकाल भन्छन्, “आगामी तीन दिनमा कामपाका कुनै पनि स्थानमा फोहर रहने छैनन् । काठमाडौँ सफा हुन्छ त्यसमा दुई मत छैन ।” कामपाले नियमितरूपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । 

Vianet communication
Laxmi Bank

सिसडोलमा व्यवस्थापन गर्ने स्थानमात्र होइन बर्खाका कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । 

वर्षात्को समय छ, नियमितजसो पानी परी नै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने पुनःफोहर व्यवस्थापनमा समस्या नआउला भन्न सकिँदैन उनको भनाइ छ । 

नियमितरूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समयदेखि रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ । 

कामपाले नियमित फोहर उठाउन थालेपनि बालाजुकी मञ्जु कँडेलले एक महिनादेखि आफ्नो घरमा फोहर लिनका लागि गाडी नआएको बताइन् ।

उनी भन्छिन्, “बर्खाको समयमा घरको भान्साबाट धेरै फोहर निस्कन्छ अन्य समयकोभन्दा छिटोछिटो फोहर लिन आउनुपर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआउँदा आफ्नै घरमा फोहरको डंगुर भइसकेको छ ।” 

फोहरका कारण आक्रोसित अर्का नगरवासी दीपा तामाङ भन्छन्, “पैसा लिन महानगर कहिल्यै भुल्दैन तर फोहर लिनका लागि सधैँ खेलाची गर्छ, बर्खा लाग्यो कि जहिले पनि यस्तै हो ।” 

“घरमा मात्रै होइन बाहिर निस्कँदा पनि फोहरको डंगुर मात्र देखिन्छ । आवतजावत गर्न पनि समस्या भएको छ खै जनप्रतिनिधि के हेरेर बसेका छन् निर्वाचनको समयमा पहिलो प्राधमिकतामा सफा काठमाडौँलाई राखेका थिए, अहिलेसम्मलाई हेर्दा नारामै सीमित छ जनप्रतिधिको आवाज”, उनको गुनासो छ । 

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बञ्चरेडाँडामा दीर्घकालीनरूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनेकामा अहिलेसम्म पनि केही काम भएको छैन । 

महानगरपालिकाले फोहर व्यवस्थापनका लागि स्थानको स्थानको छनौट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र्र्र सरकाले पनि स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ । 

काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । 

आज १२ वर्ष बितिसक्दा पनि समयमै विकल्प नखोज्दा अहिले कामपालाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x