×

NMB BANK
NIC ASIA

चीनसम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ !

कात्तिक १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — हाम्रो छिमेकी मुलुक चीनको बारेमा हामीलाई कमै थाहा छ । यहाँ हामी चीनसँग जोडिएका केही रोचक कुराहरू लेख्दैछौं । 

चीन संसारको सबभन्दा ठूलो सैन्यशक्ति हो । चिनियाँ सेनाको संख्या करीब २३ लाख छ । त्यहाँका सैनिकलाई तालिम दिँदा उनीहरूको बर्दीको कल्लरमा पिन लगाइन्छ । सैनिकले आफ्नो गर्दन नझुकाऊन् भनेर यसो गरिन्छ । 

चीनमा अंग्रेजी बोल्ने मानिसको संख्या अमेरिकाभन्दा बढी छ । 

चीनले तीव्र गतिमा गरिरहेको विकासका कारण सन् २०२५ सम्ममा त्यहाँ न्युयोर्क जस्ता १० वटा शहर विकसित हुनेछन् । 

चीनमा मानिसहरूसँग भएको मोबाइल फोनको संख्या अमेरिकाको जनसंख्याभन्दा धेरै छ । 

चीनको हावामा फैलिएको प्रदूषणका कारण बेइजिङ शहरमा एक दिन बस्नुभयो भने पनि २१ चुरोटको धूवाँ बराबर खराबी तपाईंको शरीरमा पुग्छ । 

चीनमा जनसंख्या धेरै बढेकाले तीन करोड जति मान्छे त गुफा जस्ता घरमा बस्छन् । 

चीनमा भीषण ट्राफिक जाम हुन्छ । सन् २०१० मा चीनको शांघाईमा सय किलोमिटर लामो जाम भएको थियो । बाह्र दिनसम्म जाम हटेन । 

चीनमा एकजना युवकले आइफोन किन्नका लागि मृगौला बेचेका थिए । 

चिनियाँहरू यति धेरै सिगरेट पिउँछन् कि हरेक सेकेन्डमा पचास हजार सिगरेट पिइन्छ त्यहाँ । 

सन् २०११ देखि २०१३ का बीचमा चीनमा प्रयोग गरिएको सिमेन्ट अमेरिकाले पूरै बीसौं शताब्दीमा पनि गरेको थिएन । 

एक अनुसन्धान अनुसार संसारमा भएका सबै सुंगुरको संख्या जोड्दा आधा त चीनमै थिए ।

चीनमा फेसबूक, ट्विटर र न्युयोर्क टाइम्स बन्द गरिसकिएको छ । 

चीनमा यति धेरै आत्महत्या हुन्छन् कि त्यहाँका नदीहरूबाट लाश निकाल्नका लागि पनि जागिर दिइने गरिएको छ । 

एजेन्सीको सहयोगमा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x