×

Dabur

चेल्सीले एथ्लेटिक बिल्बाओका गोलकीपर केपा किन्ने निश्चित

साउन २३, २०७५

NTC
Premier Steels
Marvel

काठमाडौं – चेल्सीले केपा अर्रिजाबालागालाई ९२ मिलियन डलरमा किन्नका लागि अन्तिम सम्झौता गर्न लागेको छ ।

केपाका प्रतिनिधि र वकिलहरू बुधवार भ्यालेन्सियास्थित ला लिगा मुख्यालय पुगेर पैसा तिर्न लागेका छन् । केपा अब लन्डन गएर स्वास्थ्य जाँच गराउन अनि व्यक्तिगत शर्तलाई अन्तिम रूप दिन तयार देखिन्छन् । 

केपालाई किनेमा चेल्सीको पुरानो ट्रान्सफर कीर्तिमान भंग हुनेछ । पोहोर साल चेल्सीले अल्भारो मोराटालाई रियल मड्रिडसँग ९० मिलियन डलरमा किनेको थियो । 

सम्झौतामा हस्ताक्षर भएपछि केपा अब संसारका सबभन्दा महंगा गोलकीपर हुने भएका छन् । एक महिनाअघि एलिसन ८५ मिलियन डलरमा लिभरपूल प्रवेश गरेका थिए । 

चेल्सीका वर्तमान गोलकीपर थिबाउट कोर्टोआ रियल मड्रिड जान चाहेपछि क्लबको अभ्यास समेत छोडेका थिए । त्यसपछि चेल्सीले गोलकीपरको खोजी गर्दा केपासँग सम्झौताको स्थिति बनेको हो । 

मड्रिडले कोर्टोआलाई ४० मिलियन डलर तिरेर पहिलेदेखि नै भित्र्याउन खोजिरहेको थियो । चेल्सीले त्यो रकम समेत जोडेर केपालाई ल्याउने प्रयास गरेको हो । 

अनि मउरिजियो सार्रीको प्रशिक्षणमा रहेको चेल्सीले रियल मड्रिडका मिडफील्डर म्याटिओ कोभासिचलाई पनि ऋणमा भित्र्याउन खोजिरहेको छ । 

मड्रिडका व्यवस्थापक जुलेन लोपेतेगुइले कोभासिच चेल्सी गएमा उनको ठाउँमा उच्च स्तरको खेलाडी ल्याउने प्रयास गर्ने बताएका छन् । 

तर बिहीवार ट्रान्सफर विन्डो बन्द हुने भएकाले सार्री र चेल्सीले हतार गर्नुपर्ने भएको छ ।

गोल डट्कमबाट
 

yONNEX
Sagarmatha Cement

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x