फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा गठित सरकारले यसै साता ६ महिनाको अवधि पूरा गर्दैछ । आरम्भमै सुविधाजनक बहुमत पाएको ओली सरकारले एमाले र माओवादी केन्द्रको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएपछि आफ्नो जनाधारलाई अझ सुदृढ तुल्याएको हो । उपेन्द्र यादवको पार्टी सरकारमा सामेल भएपश्चात् त ओलीलाई दुईतिहाईकै समर्थन जुट्न गएको छ । यस कोणबाट हेर्दा उहाँ २०४७ सालयताको सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुन पुग्नुभएको छ ।
संसद्को गणितले ओली प्रशासनलाई आवश्यकता अनुरुप संविधान संशोधन गरी त्यसको आडमा जनहितका लागि एक हैन अनेक साहसिक पाइला चाल्ने अवसर दिएको छ ।
नयाँ परिवेशमा गठित वर्तमान सरकार यथार्थमा भने अपेक्षा गरे अनुसार दह्रो र प्रभावकारी देखिन सकेको छैन । किनभने चुनावी अभ्यास मार्फत हासिल भएको एक हदको स्थिरताको लाभ उठाउँदै जनमुखी केही कार्यक्रम तत्काल कार्यान्वयनमा लैजाने पहल हुन सकेको छैन । नियमित प्रकृतिका नीति तथा कार्यक्रम र तदनुरुपको वार्षिक बजेट प्रस्तुत भएका छन्, तर तिनको प्रतिफल आउन समय लाग्छ ।
परन्तु बढ्दो असुरक्षा र अक्कासिँदो महँगी जस्ता मामिलामा राहत पाउन जनता लामो समय पर्खिन सक्दैन । धूलो-धूँवा-हिलो र गुम्सिएको वातावरणले निम्त्याएका रोगव्याधिले जनसाधारणलाई अधैर्य बनाइसकेको छ । नेपालको राजधानी रहेको उपत्यकाका बासिन्दाले समेत पानी नआउने (र आएपनि नियमित नआउने) धाराको शुल्क नियमित तिरिरहनु परेको छ भने मोफसल र दुर्गम इलाकाका नेपालीको कुन हालत होला ?
कतिपय मन्त्रीहरूले सार्वजनिक भाषणमा र सञ्चारमाध्यममा दिएका भेटवार्ताको क्रममा यसबीचको अवधिमा सरकारले जनतालाई अनुभूति हुने गतिमा काम गर्न नसक्नुको एउटा कारणको रूपमा प्रशासन संयन्त्रको ढिलासुस्तीको उल्लेख गरेको पाइन्छ । प्रशासकहरूको राजतन्त्रकालीन पुरानो शैली नछोड्ने मानसिकताले गर्दा सरकारी कार्यक्रम तथा अठोट आवश्यक बेग लिन सकेनन् भनेको बेला-बखत सुनिन्छ । स्वयं प्रधानमन्त्री ओलीका समय-समयका अभिव्यक्ति पनि यस कुराका प्रमाण हुन् ।
यस्ता कथनहरूमा सत्यताको मात्रा होला, किन्तु फितलो जँच्ने यसप्रकारका आधारमा सरकार अकर्मण्य हुन पुगेको दलीलले जनतालाई आश्वस्त पार्न सक्दैन । प्रशासन हाँक्न चाहिने योग्य र कुशल कर्मचारीको बन्दोबस्त गर्नु मन्त्रिपरिषद्कै दायित्व हो । तसर्थ थरीथरीको निहुँ र झन्झट तेर्स्याएर सबै कुराको चाँजो मिलाउन ‘समय लाग्छ’ भन्ने मन्त्रीहरूको बोली मार्फत अल्याङटल्याङ गरेर पाँचवर्ष भुक्तान गर्न खोजेको हो भने त्यसलाई मतदाताले स्वीकार गर्न सक्दैनन् ।
समृद्ध नेपाल, सुखी नेपाली तुल्याउने मूल अभिलाषा नै तुहिने जोखिम आइपर्न सक्छ । समय छँदै सचेत हुने हो कि ?
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...