कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं – विकास निर्माण तथा पूर्वाधारको विकाससँगै वन विनाश तीव्ररुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
विसं २०२० देखि विसं २०४१ सम्ममा देशभरीबाट पाँच लाख ७० हजार हेक्टर वन विनाश भएको तथा विसं २०२२ देखि २०३७ मा चुरे क्षेत्रमा दुई लाख ६३ हजार हेक्टर वन विनाश भएको चुरे सरोकार समाज नेपालले जनाएको छ ।
यही क्रममा वन विनाश हुँदै जाने हो भने अर्को २० वर्षमा तराई क्षेत्र मरुभूमिमा परिणत हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । समाजका अनुसार राजनीतिक स्वाथ्र्य पूरा गर्नका लागि दलका नेताले सो अवधिमा तराईको तीन लाख ५६ हजार बिघा वन फाँडेर आफ्ना समर्थकलाई जमीन बाँडिएको थियो । त्यो समयमा प्रतिपरिवार दुईदेखि छ बिघासम्म वन क्षेत्र वितरण गरिएको समाजको दावी छ ।
समाजका संयोजक डा. नागेन्द्र यादवले पूर्वका जिल्लामा झोरा फाँड्ने, बाराको टागिया बस्ती र रुपन्देहीमा बर्मेली टोल बसाइए पनि तराई–मधेशका गरीब, दलित र मुक्तकमैया तथा गरिबीको रेखामुनि रहेका ४२ प्रतिशत जनतालाई भने आवास पाउनबाट बञ्चित गराइएको उल्लेख गरे ।
प्रदेश नं २ मा नौ हजार ६६१ वर्ग किलोमिटर वन क्षेत्र रहेको तर त्यस क्षेत्रमा जनसङ्ख्या सबैभन्दा बढी रहेको जिकिर गर्दै यादवले विकासका नाममा रेल्वे, विद्युत् लाइन, विश्वविद्यालय, रङ्गशाला र सुरक्षा निकायको शिविर तथा विमानस्थलको निर्माणले प्राकृतिक स्रोतका रुपमा रहेको वन क्षेत्र ह्रास हुँदै गएको बताए ।
समाजका सदस्य सचिव पङ्कजकुमार कर्ण तथा सदस्य शेखर यादवले सडक तथा रेल्वे जनतालाई पहुँच हुने क्षेत्र भएर बनाउनुपर्नेमा जोड दिँदै पूर्व–पश्चिम महेन्द्र राजमार्गको अधिकांश हिस्सा वन क्षेत्रबाट गएकाले तराईका जनता असुविधा हुनाका साथै वन विनाश भएको उल्लेख गरे ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...