कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
सर्वोच्च अदालतको ७ चैत्र २०७४ को एउटा फैसलाको पूर्णपाठ पाँच महिनापछि यसै साताको शुरूमा ( भाद्र १७ गते ) सार्वजनिक भएको जानकारी प्रेसमा आएको छ जसअनुसार न्यायाधीशद्वय सपना मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस आशयको आदेश जारी गरेको छ:--विदेशमा बसेका नेपाली नागरिकलाई अर्को पटकको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नू ।
अधिवक्ता प्रेमचन्द्र राईको रिट-निवेदनका सन्दर्भमा गरिएको यस आदेशलाई सिद्धान्तत: स्वागतयोग्य मान्नुपर्ने हुन्छ किनभने यस मुताबिक चाँजो मिल्न सकेमा हाल प्रवासमा रहेका दशौंलाख नेपाली नागरिकले बालिग मताधिकारको उपयोग गर्न पाउनेछन् । आवधिक मतदानको अभ्यासले लोकतन्त्र सुदृढ हुने मान्यतालाई ध्यानमा राख्दा फराकिलो दायरामा हुने यस्तो अभ्यास झन् सार्थक हुनपुग्छ; यसमा सन्देह रहेन ।
माथि नै भनियो, सिद्धान्तत: सर्वोच्च अदालतको आदेश सकारात्मक पहल हो जसलाई नेपाल सरकार र निर्वाचन आयोग दुवैले सही दिशाको कदम मान्नेछन् । परन्तु चर्चित आदेशलाई कार्यरूप दिने विषय यी दुवै निकायको लागि चुनौतीयुक्त छ। पहिलो कुरो, नेपालजस्तो सीमित साधन-स्रोत भएको देशले मुलुकभित्रको चुनाव धान्न त गाह्रो छ भने देशबाहिर गएर यस्तो काम फत्ते गराउन लाग्ने खर्चको जोहो कसरी गर्ने ? अनि इलम रोजगारीको सिलसिलमा वर्षौं विदेशमा बसेका नेपालीले नेपालका निर्वाचनक्षेत्र एवं उम्मेदवार र तिनका चुनावी घोषणापत्रका सम्बन्धमा कति जानकारी राख्न भ्याएका हुन्छन् र ? तिनले खसालेको मतले कस्ता-कस्ता उम्मेदवार चुनिएलान् ? अर्को कुरा : विदेशी भूमिमा मतदान गराउँदा कुनै किसिमको विवाद निस्के नेपाल कानून लाग्ने कि मतदान गराइएको देशको कानून क्रियाशील हुने ? यी र यस्ता जटिल प्रश्नबारे गहन सोच र विश्लेषणको आवश्यकता पर्दछ ।
गएको जेठ ११ गते ( २५ मे ) युरोपेली देश गणतन्त्र आयरल्याण्डमा गर्भपतनको विषयमा जनमतसङ्ग्रह आयोजना गरिएको थियो । र, त्यसमा मतदान गर्न भनेर संसारभर छरिएका आयरिश नागरिकहरू बिदा लिएर स्वदेश फर्किए । आफ्नो मुलुकप्रतिको अपनत्व र दायित्वबोधको यो अनुकरणीय दृष्टान्त हो । भन्नुपरेन, आयरल्याण्ड नेपालभन्दा आर्थिक हिसाबले निकै सम्पन्न राष्ट्र हो । तर त्यहाँको सरकार र निर्वाचन आयोग परदेशमा मतदानको व्यवस्थातिर लागेनन् ; नागरिकहरूले पनि यस्तो देखादेख अव्यावहारिक हुने माग राखेनन् ।
कुनै वस्तु वा चलन राम्रो देखिनु एउटा कुरा हो, भलाइ गर्ने कुरा अर्कै हो । जस्तो, अमेरिका वा अन्य पश्चिमी परिपाटीलाई नेपालको परिवेशमा लागू गर्न खोज्दा अनेक विकृति देखापर्छन् । संसदीय सुनुवाइको अमेरिकी ढाँचा नेपालमा प्रयोग गर्न खोज्दा प्रधानन्यायाधीशको सिफारिश विवादमा परेको ताजा घटना हामी सबैको सामु छ । केही महिनायता स्खलित न्यायपालिकाको साख यस चर्चित विवादले अझ ओह्रालो लगाएको तथ्य जग-जाहेर छ । यो अवाञ्छनीय प्रवृत्तिमा रोक लगाइहाल्नुपर्ने स्थिति छ ।
हो, राजनीति गर्नेहरूले सस्तो लोकप्रियता हासिल गर्न थरी-थरीका तरिका अपनाउन सक्छन्, तर न्यायपालिकाले आफ्नो सामु आएका मुद्दाको पुर्पक्ष र निरूपण गर्दा अत्यन्त गम्भीर भएर निर्णय लिएको हुन्छ भन्ने अपेक्षा गरिएको हुन्छ । तसर्थ त्यस अपेक्षाको उपेक्षा नहोस् भन्ने ‘लोकान्तर’ को सुझाउ हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...