कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चर्चित स्थान हो – बुलबुले ताल । तालमा दैनिक रुपमा कम्तिमा सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।
यति मात्र होइन, सुर्खेतमा पानी अभाव भएको बेला अधिकांश सुर्खेती नागरिकको कपडा धुने, नुहाउनेस्थल पनि हो – बुलबुले ताल । कर्णाली प्रदेशकै सबैभन्दा बढी विकसित, ख्याती प्राप्त स्थान भएकै कारणले होला रारा तालभन्दा बुलबुले तालको चर्चा देश विदेशमा बढी छ ।
कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न सके आर्थिक समृद्धिको जग बसाल्न सकिने धारणा बारम्बार राख्ने गरेको छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा कर्णालीको समृद्धिको पहिलो आधारको रुपमा पर्यटनलाई लिनुपर्ने बताउँछन् । सोही आधारमा प्रदेश सरकारले बुलबुले तालको विकास, संरचना निर्माणका लागि बजेट विनियोजन गरेको उनले बताए ।
गीतमा बुलबुले ताल
सुर्खेतमा बुलबुले ताल
मै सानी हुनाले छुट्यो माया जाल
लोक संकलक तथा वाद्यवादक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेकर्ड भएको यहीँ गीतले सुर्खेतलाई नयाँ पहिचान दियो । सुर्खेत र बुलबुले तालको नाम सबै नेपालीको मनमनमा बस्यो । उतिबेला भेरी अञ्चललाई मध्यनजर गर्दै बनाइएको गीतले राम्रै बजार पायो ।
अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन । सुर्खेत र बुलबुले तालबारे त्यहीँ रेडियोमा बज्ने गीतले नै पहिचान दियो । बुलबुले तालकै नाममा त्यसयता २५ भन्दा बढी गीत सार्वजनिक भएका छन् ।
सबै गीतमा सुर्खेत र बुलबुले तालको वर्णन गरिएको छ । गीत सुनेरै धेरैले बुलबुलेको अवलोकन गरेका छन् । वार्षिक लाखौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक बुलबुले पुग्छन् ।
प्रकृतिमा बुलबुले
ताल पर्यटकीय गन्तव्यका लागि प्रख्यात मात्रै होइन, बुलबुले ताल सुर्खेत उपत्यकाको सबैभन्दा ठूलो पानीको स्रोत पनि हो । २०२९ सालभन्दा पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा क्षेत्रको सिँचाइका लागि प्रख्यात थियो । २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो । तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै गएको छ ।
साढे ३१ विघा क्षेत्रफलमा फैलिएको बुलबुले अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । सुर्खेत आउने जो–कोही एक पटक बुलबुले नपुगेर फर्कंदैनन् ।
बुलबुलेको मुख्य आकर्षण जमिन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क हो । बुलबुलेको देखिने जलकुण्ड निर्माण गरिनु पूर्व सानो चिरोको बीचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दथ्यो । उतिबेला स्थानीयले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने गर्थे ।
वीरेन्द्रको नजर !
२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आएपछि तालको संरक्षण र प्रचारप्रचार भएको मानिन्छ । तत्कालीन राजा वीरेन्द्रकै इच्छा अनुसार वीरेन्द्रनगर बजारको परिकल्पना गरियो । यसको गुरूयोजना निर्माण गरियो । त्यहीँ योजनाभित्र बुलबुले पनि समेटियो । राजा वीरेन्द्रकै पहलमा गुरूयोजना निर्माण गरिएकाले यसको नाम वीरेन्द्रनगर राखियो । जुन अहिले कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो ।
सरकारी प्रयास
तालको पूर्वतर्फ महिलाका लागि ५ र दक्षिणतर्फ पुरुषका लागि ५ वटा कलात्मक धारा जडान गरिएका छन् । तिनै धारामा जमिन मुनिबाट बुलबुल गर्दै निस्केको पानी संकलन भएर प्रवाहित हुन्छ । अहिले बुलबुलेलाई पर्खालले घेर्ने काम भइरहेको छ । ताल बाहेकको बाँकी भागमा विभिन्न फूल र रुख छन् । बालबालिकाका लागि छुट्टै पार्क छ । बुलबुलेको ठूलो तालमा ¥याफ्टिङ सञ्चालन हुन्छ ।
‘बुलबुलेको अवलोकनका साथै यहाँ आउने पर्यटकले ¥याफ्टिङको पनि मज्जा लिनुहुन्छ,’ सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले भने, ‘ठूलो क्षेत्र भएकाले दिनभरी भूल्ने ठाउँ पनि हो ।’ बुलबुलेमा बिहान, दिउँसो र साँझ तिनै प्रहरमा स्नान गर्ने, घुमफिर गरी मनोरञ्जन लिनेको भीड लाग्छ । उनले बुलबुले कर्णाली प्रदेशको शान, पहिचान भएको बताए । कर्णालीमा पर्यटक आकर्षित गर्ने र पूर्णआनन्द दिने योजनासहित गूरुयोजना बनाइएको उनले बताए ।
बुलबुले उद्यान्नमा विभिन्न वनभोज खाने स्थल पनि बनाइएका छन् । शनिवार तथा अन्य बिदाका दिन सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र अन्य व्यक्तिले वनभोज खाई नाचगान गरेर रमाइलो पनि गर्ने गर्छन् । तालमा विभिन्न जातका माछा पनि पालिएका छन् । तालबाट बगेर जाने पानी ठूलो जलाशयमा जम्मा गरिन्छ ।
सामुदायिक प्रयास
पछिल्लो समय विभिन्न सामाजिक संघसंस्थाले पनि बुलबुलेको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन् । सुर्खेतस्थित लायन्स क्लबले प्रदेशद्वारदेखि पार्कभित्रका विभिन्न ठाउँमा छुट्टै पार्क र बगैचा निर्माण गरेका छन् । बुलबुलेको दोस्रो गेटदेखि तालसम्मको सडकका दुबैपट्टि आकर्षक गमला राखिएका छन् । यहाँ फोटो खिन्चेहरुको भीड लाग्ने गर्छ ।
पार्कभित्रै सामुदायिक सुधार संस्थाले बालबालिकाका लागि पार्क निर्माण गरेको छ । पार्कसँगै राखिएको बुद्धमूर्तिले थप पर्यटक आकर्षित गरेको छ । कर्णाली प्रदेश सरकारले बुलबुलेलाई प्रदेशकै महत्त्वपूर्ण पर्यटकीयस्थल भन्दै भौतिक संरचना निर्माणमा सघाउ पु¥याउने गरेर बजेट ल्याएको छ ।
गुरूयोजना तयार
पर्यटकीय स्थल बुलबुले उद्यानको गुरूयोजना तयार भएको छ । उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बुलबुले उद्यानलाई गुरूयोजना अनुसार अगाडि बढाइने छ । साढे ३१ विघा क्षेत्रफलमा फैलिएको बुलबुलेको गुरुयोजना आर्किटेक्स डिजाइन एसोसिएसन काठमाडौंले तयार पारेको हो ।
गुरूयोजना अनुसार काम भएमा हालको तालको क्षेत्रफल झण्डै दोब्बरले बृद्धि हुनेछ । करीब डेढ बिगाह क्षेत्रफलमा फैलिएको बुलबुले ताल गुरूयोजना अनुसार कम भएमा साढे ३ विगाह क्षेत्रफलमा फैलिने छ । ‘हामीले बुलबुले उद्यानलाई ३ भागमा बाँडेर गुरूयोजना निर्माण गरेका हौं,’ आर्किटेक्स डिजाइन एसोसिएसनका प्रतिनिधि सुमन महर्जनले भने, ‘यसमा स्विमिङ पुलदेखि पिकनिक स्पोटसम्म रहेको छ ।’
गुरूयोजनाको पहिलो खण्डमा स्विमिङ पुल, टिकट घर, पार्किङ क्षेत्र, मन्दिर क्षेत्रलगायत छन् । दोस्रो खण्डमा ¥याफ्टिङ चलाउनका लागि ताल, बुलबुलेका कलात्मक धारा, ठूला कार्यक्रम गर्न मिल्ने पार्क, बालबालिकाका लागि चिल्ड्रेन पार्कलगायत छन् भने तेस्रो खण्डमा पिकनिक स्पोटलगायत छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्र रहेको बुलबुलेको गुरूयोजना नहुँदा जथाभावी भौतिक संरचना निर्माण भइरहेका छन् । यसले बुलबुले क्षेत्र कुरुप पनि बन्दै गएको छ । उचित संरक्षण नहुँदा तालको अवस्था बेहाल हुँदै गइरहेको छ ।
डिजाइनर महर्जनका अनुसार गुरूयोजना अनुसार निर्माण सम्पन्न गर्न ३१ करोड रुपैयाँ खर्च हुन्छ । ‘अहिले बुलबुले नाम मात्रैको हो, गुरूयोजना अनुसार काम सम्पन्न भएमा देशकै नमूना पर्यटकीयस्थल बनाउन सकिन्छ,’ उनले भने, ‘हामीले डिजाइन गरेर दिएका छौं, बनाउने काम नगर विकास समितिको हो ।’
बुलबुले उद्यानभित्र टिकट घर, स्नान घर, स्विमिङ पुल, पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैचा, बाल उद्यान, धार्मिक स्थल लगायतका संरचना छन् । अहिले नुहाउनका लागि प्रयोग गरिएका ढुङ्गे धारालाई गुरूयोजनामा प्लाजाका रुपमा स्थापना गरिने उल्लेख छ । नुहाउनका गेट नजिकै छुट्टै धारा र घर निर्माण गरिने छ । अहिलेको वनभोज स्थललाई बाल उद्यानका रुपमा विकास गरिने छ । उद्यानभित्र साना ठूला गरी ३ सयभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने स्थल बनाइएको छ ।
उद्यानभित्र फूल र वनस्पतिका विरुवाको नर्सरी स्थापना गरिने छ । टिकट घरलाई उद्यानको शुरूको गेट नजिक ल्याइने छ । सोही ठाउँबाट पिकनिक, स्विमिङ लगायतका सुविधाका लागि छुट्टाछुट्टै टिकट लिन सकिने छ ।
हालसम्म उद्यानको छुट्टै गुरूयोजना नै नबनेका कारण मर्मतका लागि सहयोग माग्न तथा रकम जुटाउन समस्या भएको थियो । उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले अब गुरूयोजना अनुसार विभिन्न निकायसँग समन्वय गरेर काम शुरू गरिने बताए । गुरुयोजना अनुसार काम सम्पन्न भएपछि वार्षिक १ करोड रुपैयाँबढी आम्दानी हुने अनुमान गरिएको छ ।
तालमा रहेको टिकट काउन्टरका प्रतिनिधि कल्पना थापाले दैनिक सरदर १ सय २० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक बुलबुले आउने गरेको बताइन् । उनका अनुसार गुरूयोजना अनुसार निर्माण सम्पन्न भएको खण्डमा धेरै पर्यटकले तालको भ्रमण गर्ने अनुमान गर्न सकिन्छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...