×

NMB BANK
NIC ASIA

राष्ट्रकवि घिमिरेको समभिनन्दन, भन्छन्– 'बाँच्न हौसला मिल्यो'

असोज २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ । सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका माध्यामबाट नेपाल र नेपालीलाई असाधारण गुण लगाएको प्रतिक्रिया दिनुभयो ।

Muktinath Bank

राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समिति र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार प्रज्ञा–प्रतिष्ठान कमलादीमा उक्त कार्यक्रम भएको थियो । “घिमिरेका काव्यमा नेपालीपन पाइन्छ, कवि मन र काव्यात्मकता पाइन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रियतालाई मजबुद गर्ने काममा उहाँको ठूलो योगदान छ ।” “हिमालको कुरा गर्दा, देशको सिमाना बोलिरहेको हुन्छ, नेपाली मन र नेपाली भावना बोलिरहेको हुन्छ”, उहाँले थप्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


समभिनन्दनपछि मन्तव्य राख्नुहुँदै राष्ट्रकवि माधवप्रसाद घिमिरेले यस्तो ऐतिहासिक कार्यक्रम कहिल्यै अनुभूति नभएको प्रतिक्रिया दिनुभयो । उक्त कार्यक्रममा आफ्नो आँखाबाट चारपटक आँशु झरेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानन्त्रीसमेत आएर बोल्दा र प्रेरणा दिँदा बाँच्नका लागि ठूलो हौसला मिलेको बताउनुभयो । “यसले मलाई अझै रचना गर्न प्रेरित गरेको छ”, घिमिरेको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

उहाँको समभिनन्दनका लागि कलाकार लम्जुङबाट आएका थिए । कलाकारले मौलिक नृत्य र गीत प्रस्तुत गरेका थिए । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले १०० वर्षसम्म निरन्तर काव्य साधना गर्ने व्यक्ति विश्व रङ्गमञ्चमा नहोला भन्दै गिनिज बुक्स अफ वर्ड रेकर्डमा नाम लेखाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x