असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कात्तिक ३०, २०७५
प्रजातन्त्रको नाममा परिमार्जित पञ्चायती व्यवस्थाको आधारमा बहुमतसहित राज गर्ने लाइनमा नेताहरू रस्साकस्सी गर्दै थिए । विकासका भोका जनतालाई आश्वासनका पोका धेरै बाँडिए । तर जनताको अपेक्षा पूरा गर्न छोडेर शासक बन्ने र संसद्को फोहरी खेलमा नेताहरू चुर्लुम्म डुब्दा जनतामा बहुदलीय संसदीय व्यवस्थाप्रति घृणा पैदा हुनु स्वाभाविक थियो ।
यस्तो अवस्थामा प्रचण्डको नेतृत्वमा शान्ति, सुशासन र गणतन्त्रका लागि जनयुद्ध शुरू भयो । जनताका अधिकार स्थापित गर्दै आफ्नो संविधान आफैं लेख्ने लक्ष्यसहित रोल्पा, रुकुम, गोर्खा र सिन्धुलीबाट जनयुद्ध शुरू भएको थियो ।
प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराईको मुख्य नेतृत्व रहेको जनयुद्ध शुरूआतको केही वर्षमै उत्कर्षमा पुग्यो । संसद्को पट्यारलाग्ने खेलबाट जनताले विकल्प खोजिरहेको समयमा जनयुद्धको राप बढेको थियो ।
प्रचण्ड र माओवादी आन्दोलनप्रति जनताको अपेक्षा तीव्र रूपमा बढ्दै थियो । जनताको चाहना सिंहदरबारमा पनि जनयुद्धको राप पुगोस् भन्ने थियो । युद्धको आफ्नै नियम हुन्छ । भूमिगत तवरले हुने युद्धमा बाह्य जगतको प्रभाव कमी हुनु स्वाभाविक थियो । एउटा टोली जनयुद्धको तयारीमा व्यस्त हुँदा अर्को टोली आगामी राजनीतिक कार्यक्रमबारे बहस गरिरहेको हुन्थ्यो । जनयुद्धमा फौजी कारवाही मुख्य हुनु स्वाभाविक थियो । माओवादीले सञ्चालन गरेको युद्धको समयमा कारवाहीको डरले समाजमा विकृति, विसंगति, विभेद अनि प्राशासनिक भ्रष्टाचारमा कमी आएको थियो । जनयुद्धको समयमा तत्कालीन भ्रष्ट शासकमा त्रास थियो ।
राजा ज्ञानेन्द्र शाहले राज्यसत्ता आफ्नो हातमा लिएसँगै सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे सहमति भयो जसको जगमा २०६२/०६३ सालको जनआन्दोलन सफल भयो ।
आन्दोलन सफल भएसँगै लामो समय भूमिगत रहेका प्रचण्ड सार्वजनिक भए ।
आन्दोलनको सफलतासँगै सामन्तवादको पिँजडाबाट राष्ट्र जनताको पहुँचमा आयो । यतिबेलासम्म प्रचण्डलाई आन्तरिक भन्दा बाह्य खतरा ज्यादा रह्यो । पार्टीका आन्तरिक बैठकमा प्रचण्डमाथि बारम्बार घेराबन्दी भएपनि ती सबै फिक्का साबित भए । प्रचण्डले जनयुद्धको जँघार तरे । शान्ति प्रक्रिया शुरूआतसँगै मोहन वैद्य र डा. बाबुराम भट्टाराईले प्रचण्डमाथि आन्तरिक घेराबन्दी शुरू गरे ।
मुलुकमा पहिलो संविधानसभाको चुनाव भयो । तत्पश्चात् मुलुक संघीय गणतन्त्रमा प्रवेश ग¥यो । मन्त्री, सांसद, सत्ता र शक्ति उपयोग गर्न नपाएको झोकमा प्रचण्डलाई धारेहात लगाउने काम खरिपाटीबाट शुरू भएको थियो । कामीडाडाँमा त्यसको मलजल भयो । पालुङटारमा विप्लवले मोहन वैद्य किरणलाई पिङमा चढाए । केही वर्ष त्यो पिङ उनले मच्चाए ।
अन्तमा वैद्यलाई पिङबाट झारेर अहिले आफैं जोडतोडका साथ मच्चिँदैछन् । स्पष्ट राजनीतिक कार्यदिशाको अभावमा विप्लवको आवेगले मात्र क्रान्ति हुँदैन । अर्कोतर्फ मध्यमवर्गको हित गर्ने ग्यारेन्टी विप्लव नेतृत्वको पार्टीले दिएपश्चात् पूँजीपति दलालविरुद्ध संघर्ष आवश्यक देखिँदैन । विप्लवको महत्त्वाकांक्षाको जालोमा फसेपश्चात् अहिले मोहन वैद्य ‘किरण’ चरम सङ्कटमा छन् ।
दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि डा. बाबुराम भट्टराईले प्रचण्डलाई धारेहात लगाउँदै ‘हिरो’ बन्ने दाउमा मधेश प्रवेश गरे । मधेशमा झण्डै भट्टराईमाथि आक्रमणको प्रयास भयो । एक समयका चर्चित व्यक्ति डा. भट्टराईको हाल नेपाली राजनीतिमा अस्तित्व नगण्य छ । अहिले डा. भट्टराईको विचार सुन्नेको संख्या घटेको छ । वैद्य सिद्धान्तको साँघुरो कुवामा पौडिन व्यस्त छन् । उनीहरूले हिजोका दिनमा भन्ने गरेको छलाङको परिभाषा आज बदलिएको छ ।
पछिल्लो समय प्रचण्डलाई आलोचना गर्नेमा थपिएका छन्, गोपाल किराँती । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर देशमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्दा उनलाई मन परेन ।
यतिबेला किराँती अन्धजातिवादमा फसेका छन् । उनी कोठामा बसेर क्रान्तिको रथ हाँक्ने उडन्ते सपना देख्छन् । सिद्धान्तका भुसुने गफ सञ्चारमाध्यममा राख्नु किराँतीको दिनचर्या बनेको छ । अर्कोतर्फ आहुति सिद्धान्तका गफ बिसाउने चौतारी खोज्दैछन् ।
अहिले प्रचण्डलाई धारेहात लगाउनेहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई सेवा गर्नेभन्दा बिगार्ने भत्काउने ध्याउन्नमा छन् । वैद्य, बाबुराम र विप्लवलाई चेतना हुनुपर्दछ, सिद्धान्तको ज्ञान प्राध्यापकमा अधिक हुन्छ तर प्राध्यापककको काम विश्वविद्यालयमा पढाउने हो । नेतृत्वमा सिद्धान्त र भूगोलको समायोजनसहितको गतिशीलता हुनुपर्दछ । नेतृत्वमा हुनुपर्ने गुणको अभावले आज प्रचण्डको नेतृत्वमा लामो समय काम गरेका सहयोद्धाहरू कुण्ठा लिएर ‘हस्तिनापुर को वास नभई चपरीमुनिको वास’ बस्ने अवस्थामा छन् । जसले इतिहासमा स्वर्णिम अक्षर लेख्छन् भन्ने अनुमान थियो तिनै आज मरिचजस्तै चाउरिएका छन् ।
प्रचण्डबारे मिसनरीहरूले, कृषि फर्मको कार्यक्रममा गएर भैंसीपूजा गरे भन्दै कोलाहल मच्चाए । केहीले बनावटी फोटो सार्वजनिक गरे । अहिले तिनै मिसनरीहरू फेरि सल्बलाएका छन् । देशभित्रका पौराणिक मठमन्दिर जाँदा र तातोपानी कुण्डमा नुहाउँदैमा प्रचण्डको मार्क्सवादी सिद्धान्तमाथि प्रश्न उठाउने निकृष्टहरू पनि छन् यो देशमा । त्यस्ता मान्छेको संकीर्ण सोच र मिसनरी योजनाले केही दिनको गुजारा राम्रैसँग चल्नेमा भने शंका छैन ।
वर्तमान समयमा प्रचण्ड नेकपाको प्रमुख छन् । प्रचण्ड अझै पनि क्रान्तिप्रति प्रतिबद्ध छन् । मुलुकको शासकीय व्यवस्थामा कार्यकारी प्रमुखको आवश्यकताबारे गहिरो बहस गरिरहेका छन् । प्रचण्ड जनताका अपेक्षा छिट्टो पूरा हुनेमा विश्वस्त छन् । क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउने मिसनलाई कूटनीतिक तवरले प्रचण्डले निभाइरहेका छन् । प्रचण्डले आफ्नो जीवनकालमा जनतासँग गरेका वाचा पूरा गर्ने समाजवादी व्यवस्थाउन्मुख संविधान निर्माण गर्न अहं भूमिका निभाए ।
अब प्रचण्ड वैज्ञानिक तवरको समाजवादी व्यवस्था निर्माण गर्दै त्यसैको नेतृत्वमा मुलुकलाई वास्तविक समुन्नत बनाउन चाहन्छन् । यो योजनलाई असफल बनाउनेहरूको मुलुकमा कमी भने छैन ।
नेकपाभित्रका पनि कतिपय नेता कार्यकर्ता अध्यक्ष प्रचण्डलाई असफल बनाउन लागिपरेका छन् । प्रचण्डलाई असफल बनाउन लागेकाहरू मुसाले दुलो खन्ने शैलीमा पुराना तमसुक अझै केलाउँदैमा व्यस्त छन् । यो जडसूत्रीय चिन्तनको उपज हो।
वार्ता, संवाद, वादविवाद गर्दै प्रगतिशील वर्तमान सरकारविरुद्ध सिद्धान्तको रंग फेर्दै पूर्वाग्रही बन्नु सैद्धान्तिक रूपमा दक्षिणपन्थ नै हो । यस्तो चिन्तन गर्नुभन्दा यतिवेला प्रचण्ड र केपी ओलीलाई नेकपाभित्रबाट सिर्जनात्मक सहयोग गर्न आवश्यक छ ।
(आचार्य नेकपानिकटका विद्यार्थी नेता हुन् ।)
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...