×

NMB BANK
NIC ASIA

दिर्घकालिन परिणाम देखाउने गरि सरकारले काम गरिरहेको छ- मन्त्री अधिकारी

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कमल पौडेल

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सरकारको बाटो जनचाहना अनुसार शुसासन र समृद्धि भएको बताएका छन् । शनिवारबाट बागलुङको ग्वालीचौरमा शुरु भएको प्रथम वडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को उद्घाटन गर्दे मन्त्री अधिकारीले सत्तापक्षले काम गर्न दिएन भन्ने र प्रतिपक्षले काम गर्न सकेन भन्ने वेला नभएको भन्दै सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्नुपर्ने वताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै मन्त्री अधिकारीले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनलाई मुक्तिनाथसम्म जोडि धार्मिक पर्यटन प्रवद्र्धन गर्न सरकार अगाडि वढेको जानकारी दिए । आफूहरुले निर्वाचनमा गरेको वाचा पुरा गरेरै छोड्ने भन्दै मन्त्री अधिकारीले दिर्घकालिन परिणाम देखाउने गरि बर्तमान सरकारले काम गरिरहेको दाबी गरे ।  


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं. २ का संघिय सांसद देवेन्द्र पौडेलले, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, पत्रकार विमल गौतम, नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र वहादुर थापा लगाएतले मेला महोत्सवले आन्तरीक पर्यटन भित्राउन मद्दत पुग्ने बताएका थिए ।

Vianet communication
Laxmi Bank

उद्घाटन कार्याक्रममा बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको लोप उन्मुख हेम्फै नाच, पौंदिवासीको न्वागी, शिसाखानीको सति घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि लगाएतको प्रदर्शन गरिएको थियो।

बडिगाड भित्रका प्रत्येक वडाहरुवाट झाँकी सहित आएको र्यालीले खार वजार ढपक्कै ढाकेको थियो। कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो। मेलामा उपस्थित सवैलाई न्वागी खुवाइएको थियो।  आजै अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीताको पनि उद्घाटन गरिएको छ। कराँते प्रतियोगीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ७ प्रदेश तथा आयोजक गरि ११ समुहको सहभागिता रहेको छ।

त्यस्तै आजको कार्यक्रममा राष्ट्रिय कलाकार बम वहादुर कार्कि, शिवा आले लगाएतको प्रस्तुतीले दर्शकलाई नचाएको थियो। नौमति वाजा प्रतियोगीतामा ११ समुहको सहभागिता भएको छ। साँझ अवेर मात्रै नौमति वाजा प्रतियोगीता सकिएको हो।

उद्घाटन कार्यक्रम संस्कृति प्रवद्र्धन केन्द्र बडिगाड का अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्य तथा सचिव विष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य प्रवद्र्धकको रुपमा बडिगाड गाउँपालिका रहेको छ।

मंसिरको ९ गते सम्म चल्ने सो महोत्सवमा झण्डै ३ करोडको कारोवार हुने अपेक्षा गरिएको छ। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्। महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्।

बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो। कार्यक्रमको मंसिर ९ गते गण्डकि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ।  राष्ट्रिय स्तरमा ख्यातीप्राप्त दुई दर्जन बढि कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सवमा दर्शकहरुको लागि प्रतिव्यक्ति २० रुपैयाँको टिकट व्यवस्थापन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x