कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सीता दाहाल, आमा
प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, बस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिइरहन्थे । सानोमा निकै दुःख गरेर हुर्काएँ मैले ।
प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाइँ सर्यौं । प्रकाशले नारायणगढको स्कूलमा पढ्न थाल्यो । साह्रै असल, सोझो र मायालु स्वभावको थियो प्रकाश । गोरो, राम्रो थियो ऊ, गाउँमा सबैले मन पराउँथे । सबैसँग छिट्टै घुलमिल हुन्थ्यो, गाउँभरिका मान्छे झुम्मिन्थे उसँग ।
८÷९ वर्षको उमेरदेखि नै उसले हाम्रो माया पाउन सकेन । बुवा भूमिगत हुनुहुन्थ्यो, म चितवनमै थिएँ, उ दिदीहरूसँग पढ्न काठमाडौं आयो । जनयुद्ध शुरू भएपछि पञ्जाबमा बसेर पढ्यो । हाम्रो कहिलेकाहीँ मात्र भेट हुन्थ्यो, जनयुद्ध कालभरि पनि छोराका रुपमा माया गर्ने परिस्थिति नै बनेन । हाम्रो राम्रो माया नपाईकन हुर्कियो प्रकाश ।
बाहिर मान्छेहरूले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन । उसले कुनै कुरा पनि झूटो बोल्दैनथ्यो, जो बोल्थ्यो, साँचो बोल्थ्यो । उसमा कुनै घमण्ड थिएन, देखेको कुरा बोल्थ्यो । कसैसँग लोभ वा लिनुदिनु पनि थिएन उसलाई ।
ऊ एकदमै दयालु स्वभावको थियो । बाबुआमाका लागि ज्यान दिने स्वभाव थियो । तर शान्तिकालमा आएपछि मिडियाले उसको बारेमा अनेकथरी कुरा लेखे । तर उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन् ।
प्रकाश हाम्रो आज्ञाकारी छोरा थियो । बुवाले भनेको सबै कुरा मान्थ्यो, बुवाको राजनीति कसरी राम्रो बनाउने, बुवालाई कसरी सफल पार्ने ? उसले त्यही कुरा मात्र सोच्थ्यो । परिवारमा पनि कसैसँग नराम्रो थिएन । तर उसको वैवाहिक जीवन भने सफल र सुखद हुन सकेन । उसका पनि आफ्नै पीडा थियो, कति कुरा उसले चाहेर पनि भन्दैनथ्यो, कति कुरा बुवाको जिम्मेवारीले पनि भन्न मिल्दैनथ्यो, यस्तै चेपुवामा थियो ऊ ।
यति छिट्टै छोरालाई बिदा गर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरिनँ । तर दुःख घटना भयो । परिवारमा एकपछि अर्काे विपद् आइहाल्दा हामी सबै विक्षिप्त भयौं । आजसम्म हामीलाई सम्हालिन कठिन भइरहेको छ । तर उसले देशका लागि, पार्टीका लागि गरेको योगदान सम्झँदा गौरव लाग्छ, यसैमा चित्त बुझाएका छौं ।
प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकाबाट
यो पनि पढ्नुहोस्
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...