कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ ।
खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ ।
बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।
बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।
घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।
फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।
बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ । मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।
खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ । थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ । एजेन्सी
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...