×

NMB BANK
NIC ASIA

प्रचण्डको नातिनीको पीडा–‘हजुरबुबाका कारण मेरो चिनारी हरायो’

मंसिर १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी थिइन् ।

Sagarmatha Cement
Muktinath Bank

त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत-साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिज्ञासामा स्मिताले उही शालिन मुस्कानका साथ भनेकी थिइन्, ‘हजुरबासँग जोडिएर आउँदा अबियस्ली प्राउड फिल हुन्छ ।’ दोस्रो पंक्तिमा उनले यो वाक्य पनि जोडिन्, ‘तर, म आफ्नै नाममा चिनिन चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

स्मिताको पारिवारिक चिनारी यस्तो छ । स्मिता पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी ज्ञानु दाहाली छोरी हुन् । उमेर २० बर्ष । पढाई विविए, केएमसी कलेज ग्वार्कोबाट । रुची, गाउने र नाच्ने ।

Vianet communication
Laxmi Bank

उनको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् । त्यो पनि दर्जनौं । एकल संगीतिक प्रस्तुत दिइसकेकी छिन् । तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता(२ र रागिनी । शास्त्रिय संगीत सिकिरहेकी छिन् ।

सुनाइहालौं, स्मिताको स्वरवद्ध गीतको भिडियो ‘पानी कुवा’को यतिबेला युट्युवको ट्रेन्डिङमा छ । भिडियोमा कार्टुन्ज क्रु, प्रियंका कार्कीलाई फिचरिङ गराइएको छ । गीतमा स्मितालाई साथ दिएका छन्, सरोज ओलीले । दिनेश थपलियाले लेखेको, वसन्त सापकोटाले संगीत दिएको यो डान्सिङ नम्बरले स्मितालाई बढी चर्चामा ल्याएको छ । सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिएको छ ।

नातिनीले गाएको गीतमा हजुरबाले (जसलाई स्मिता बाबा सम्बोधन गर्छिन्) कति चाख राख्दो हो ?  हामीले सोध्यौं ।

‘उहाँलाई गीत मनपर्छ, चासो राख्नुहुन्छ’ स्मिताले सुनाइन्, ‘अघि भर्खर पनि मोबाइलमा हेर्दै हुनुहुन्थ्यो, कति भ्युज पुगेछ भनेर ।’

स्मिताको गीत कस्तो छ, युट्युबमा कति हेरियो ? हजुरबा प्रचण्डलाई चासो लाग्छ । उनी बेलाबखत आफ्नो मोवाइलमा नातिनीको भिडियो हेर्छन । गीत सुन्छन्।

‘उहाँ गीतमा इन्जोए गर्नुहुन्छ’ स्मिता भन्छिन्, ‘प्राय सुनिरहनुहुन्छ ।’

स्मिताको भनाईमा हजुरबा हरेक दिन केही समय गीत सुन्नुहुन्छ । मोवाइलबाट पुराना गीतहरु । खासगरी नारयण गोपालको । खाना खाने समयमा ।

मुड चल्यो भने नातिनीको गीत सुन्छन् ।

स्मितालाई औंधी माया गर्ने भनेका हजुरबाले नै हो । ‘उहाँ केटाकेटीलाई साह्रै माया गर्नुहुन्छ, पुलपुल्याउनु हुन्छ’ स्मिता भन्छिन् । तर, हजुरबाको मुड सधै एकनास हुँदैन । कहिले केही समस्यामा भएजस्तो गम्भीर र, कहिले फुरुंग ।

‘टेन्सन भएको जस्तो लाग्यो भने त्यती बोलिदिन’ स्मिता भन्छिन्, ‘अरु बेला खाना खाने समयमा कुराकानी हुन्छ ।’

बेलाखबत पारिवारिक जमघट हुन्छ । त्यस्तो बेला घरमै पकाएर मिठो(मसिनो खाने गर्छन् । सबैलाई मनपर्ने, चिकेन मम । स्मिता भने पिज्जामा बढी रमाउँछिन् । यस्तो जमघटमा स्मितालाई फर्माइस आउँछ, गीत सुनाउन । उनी गाइदिन्छिन् ।

स्मिता आफ्नै चिनारी

जरुर, ‘प्रचन्डकी नातिनी’ भन्दा गर्व लाग्छ उनलाई । तर, उनी आफ्नै ‘नेम र फेम’ बनाउन चाहन्छिन् । यस्तो नाम, जहाँ कुनै फुर्को जोड्न नपरोस् ।

कतिलाई लाग्दो हो, फलानोकी नातिनी भएकाले उनले गीत गाइन् । फलानोकी नातिनी भएकाले म्युजिक भिडियो बनाइन् । फलानोकी नातिनी भएकाले चर्चा पाइन् ।

यस्तो भनाईले स्मिताको भावनामा ठेस पुग्दैन ?

‘खासमा नि’ स्मिता भन्छिन्, ‘हजुरबासँग जोडिएर चिनिन पाउँदा गर्व हुन्छ नै । तर त्यसको साइड इफेक्ट के छ भने मेरो चिनारी हराएको छ ।’

‘फलानोका नातिनी’ भनिरहँदा उनले गरेको साधना, श्रम, लगाव र उनको खुवी, दक्षता त्यसै(त्यसै ओझेल पर्छ । स्मितालाई यही कुराको डर छ । जबकी आज उनी यस्तो ‘नेम र फेम’ खोजिरहेकी छिन्, जसमा अरु विशेषण  झुन्डाउन नपरोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x